
काठमाडौ : रोजगारी प्रणाली ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया आएका ३ जना नेपालीमा को’भिड १९ को नयाँ भे’रियन्ट ओमि’क्रोन सं’क्रमण भएको पुष्टि भएको खवर प्राप्त भएको छ ।
संक्रमित हुनेमा केही दिन मात्र कोरियन एयरलाइन्स मार्फत कोरिया प्रवेश गर्ने २ जना र कतार एयरलाइन्स मार्फत कोरिया प्रवेश गर्ने १ जना नेपाली रहेको बुझिएको छ । यसअघि पनि एक जना नेपालीमा ओमिक्रोनको पुष्टी भएको थियो।
नेपालबाट कोरिया प्रवेश गर्नु अघि कोभि’ड १९ को ने’गेटिभ पिसीआर रिपोर्ट पेश गरेको भएतापनि दक्षिण कोरियामा गरिने को’भिड परिक्षणमा ओमिक्रोन पुष्टी हुने गरेको छ। यस विषयमा डा.युवराज अधिकारीले सल्लाह दिदै” यात्राको क्रममा यात्रुले सावधानि नअपनाउने अथवा नेपालमै पिसिआर रिपोर्ट
राम्रोसंग परिक्षण नगरेर दिएको अवस्थमा मात्र कोरियामा को’भिड फेला परेको हुनसक्ने बताए। उनका अनुसार यात्राका क्रममा खानपान तथा बाथरुम प्रयोग गर्दा हात राम्रोसंग धुने तथा माक्सको प्रयोग अनिवार्य गर्नुपर्ने बताए।”
लगातार नेपालबाट आउने नेपालीहरुमा परिक्षण गरेपच्छे कोभिड फेला पर्ने गरेकाले यसले ईपीएस रोजगार प्रणालीमा नकारात्मक असर पर्ने सम्भावना बढेको सरोकारवालाहरुको भनाइ रहेको छ। अहिले नेपालीहरुमा सबैभन्दा धेरै पटक ओमिक्रोन फेला परेको
कोरियाली संचारमाध्यमहरुले उल्लेख गरेका छन। यही अवस्था रहे हातमा आएको कोरियाको रोजगारी गुम्नूका साथै अब आउने नयाँ कामदारहरु तथा सम्पुर्ण इपिएस प्रणालीमा नै असर पर्ने देखिएकाले यस तर्फ नियामकहरुको ध्यान जान अत्यन्त जरुरी देखिन्छ । -चिया गफ बाट साभार
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।