२०७९ श्रावण २८ शनिबार

साउदीबाट आएको हिमालय एयरलाइन्स ढाका डाइभर्ट, केही जहाज आकाशमै होल्ड !

काठमाडौँ : बाक्लो हुस्सु र कुहि’रोका कारण शुक्रबार बिहानदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभा’वित भएका छन् । भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण र उडान हुन सकेका छैनन् ।

त्रिभुवन विमानस्थलमा अवतरण नहुने भएपछि साउदी अरबबाट आएको हिमालय एयरलाइन्सको विमान ढाका डाइभर्ट गरिएको छ । त्यस्तै बिहानै अवतरण हुनुपर्ने कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुइटा विमान निजगढको आकाशमा फन्को लगाइरहेका छन् ।

त्यस्तै दोहाबाट आएको हिमालय एयरलाइन्स र दुबईबाट आएको फ्लाई दुबईको जहाज पनि आकाशमै होल्डिङमै रहेका छन् । त्यसैगरी आन्तरिकतर्फ पनि केही उडानहरू रद्द गरिएका छन् भने अधिकांश उडान मौसम खुल्ने प्रतीक्षामा रहेका छन् । काठमाडौंबाट जहाजलाई बाहिर निस्किन कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

टर्मिनल ड्युटी अफिसका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न आन्तरिक उडानमा रहेका विमानका लागि १ हजार र अन्तर्राष्ट्रिय उडान गर्ने जेट विमानका लागि ११ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुईवटा जहाज सिमरामाथिको आकाशमा फन्को लगाइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने गर्छ । यहाँबाट दैनिक ५० को हाराहारीमा अन्तर्राष्ट्रिय र ३ सयको हाराहारीमा आन्तरिक उडान हुने गर्छन् ।

जल तथा मौसम विज्ञान विभागले अहिले देशका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जानकारी दिएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय

क्षेत्रको सामान्य प्रभाव रहेको विभागको भनाइ छ । गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । -कान्तिपुर बाट

२०७८ पुष १७, शनिबार १०:१० गते 1 Minute 427 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।