२०७९ श्रावण २४ मंगलवार

युएईको जेलमा रहेका नेपालीबारे कानुनमन्त्रीको चासो ! राजदूतद्वारा रिहाइका लागि पहल गर्ने प्रति-वद्धता !

युएई : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि युएईका राजदूत साहिद हमदान अल नक्बी’बीच शि’ष्टाचार भेटवार्ता भएको छ ।

विहीबार कानुन मन्त्री बडुलाई भेट्न राजदूत अल नक्बी मन्त्रालयमै पुगेका थिए । भेटमा नेपाल र संयुक्त अरब इमिरेट्स’बीचको सम्बन्ध र आपसी सहकार्यका बारेमा कुराकानी भएको मन्त्री बडूको सचिवालले जनाएको छ ।

मन्त्री बडुले नेपाल र युएईबीच लामो समयदेखि घनि’ष्ठ एवम् मै’त्रिपूर्ण सम्बन्ध रहेको बताउँदै आगामी दिनमा दुई देशबीच थप सहकार्य हुने बताए । दुईपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू तयार रहेको मन्त्री बडूको भनाइ थियो ।

मन्त्री बडूले युएईमा ठुलो संख्यामा नेपाली कामदार रहेको उल्लेख गर्दै श्रमिकको हकहित संरक्षणमा मन्त्रालय प्रतिवद्ध रहेको स्पष्ट पारे बडूले विगत लामो समयदेखि विना कुनै कसुर दार्चुलाको दुहुँ गाउँपालिका घर भएका अमर बम युएईमा जे’लजीवन

भोगिरहेकाले उनको रिहाइका लागि पहल गरिदिन पनि राजदूत अल नक्वीलाई भनेका छन् । राजदूत अल न’क्बीले पनि बमको यसबारे आवश्यक जानकारी लिएर रिहाइका लागि पहल गर्ने प्रति’वद्धता व्यक्त गरे । -रातो पाटी बाट

२०७८ पुष १७, शनिबार १०:२३ गते 1 Minute 198 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।