२०७९ श्रावण २४ मंगलवार

विद्यालयको बिजोक – कापी किताबसँगै बोरा बोकेर स्कुल, चिसो चौर नै कक्षा !

रौतहट ; रौतहटको दक्षिणी भेगमा रहेको एक आधारभूत विद्यालयका बालबालिकाहरु बोरा बोकेर विद्यालय जान बाध्य भइरहेका छन् । देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियमा रहेको श्री आधारभुत विद्यालयमा अध्ययनरत

बालबालिकाहरु विद्यालय पढ्न आउँदा किताब, कपि सँगसँगै बोरा पनि साथमा बोकेर आउँछन् । उनीहरुले घरबाट बोकेर ल्याएको बोरा विद्यालयको चौरमा ओछ्याउँछन् र दिनभर त्यहीँ बोरामा बसेर पढ्छन् । चिसो भुँइमा बसेर पढ्दा विद्यार्थीहरु बारम्बार बिरामी पनि पर्ने गरेका छन् ।

कक्षा १ देखि कक्षा ५ सम्म संचालन भइरहेको सो विद्यालयमा जम्मा ५ वटा कक्षा कोठा रहेका छन् । करिब ४ सय विद्यार्थी अध्ययनरत सो विद्यालयमा रहेका ५ वटा कोठामा विद्यार्थीहरु नअटेपछि उनीहरुलाई बाहिर राखेर पठाइएको विद्यालयका प्रधानाध्यापक अक्षेलाल प्रसाद साह बताउँछन् ।

वि।सं। २०४६ सालमा स्थापना भएको सो विद्यालयमा विद्यार्थीहरु जाडो याममा बाहिर चौरमा बोरा ओछ्याएर पढने गरेका छन् भने गर्र्मीयाममा विद्यालय छेउमै रहेको आपँको बँगैमामा रुखमुनी बसेर पढ्छन् ।

कक्षाकोठामा बसेर पढ्ने बालबालिकाहरुको लागि एउटा सपना सरहनै भएको छ । खुल्ला चौरमा बोरा ओ’छ्याएर गरिएको पठनपाठन प्र’वाहहिन भइरहेको छ । विद्यालयमा कक्षाकोठा मात्र नभएर विद्यार्थीहरुलाई बस्नको लागि डेस्क, बेन्चको पनि चरम अ’भाव रहेको छ । विद्यार्थीहरु घरबाट ल्याएको प्ला’ष्टिकको बोरा चिसो भुइँमा ओछ्या’एर दिनभर पढ्ने गरेका छन् ।

कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा शिक्षकहरुको अ’भाव रहेको छ । विद्यालयमा जम्मा तीन जना मात्र शिक्षक रहेका छन् । शिक्षक र कक्षा कोठा अभाव भएपछि विद्यालयले बहु कक्षा संचालन गरेर विद्यार्थी पढाउदै आइएको छ । कक्षा १ र २ को एउटा कक्षामा अर्थात खुल्ला चौरमा पढन पाठन हुने गरेको छ ।

३, ४ र ५ कक्षाका विद्यार्थीलाई भने कक्षा कोठामा राखेर पढाइने गरेको छ । विशेष गरी आर्थिक रुपले पछाडि परेका समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा आउने गरेका छन् । राम्रोसँग पढेर ठुलो मान्छे बन्ने सपना लिएर उनीहरु बोरा बोकेर भएपनि विद्यालय आउँछन् र त्यहीँ ओ’छ्याएर भुइँमै बसेर पढ्छन् ।

उनीहरुको पढेर ठुलो बन्ने सपना शिक्षकको अभावमा वहुकक्षामा धेरै विद्यार्थीहरु एकै साथ पढ्दा कमजोर हुँदै गइरहेको छ ।
आधारभुत विद्यालयलाई शिक्षाको जग मानिन्छ तर यस विद्यालयको गन्जागोल अवस्थाले जगनै क’मजोर बनाइरहेको छ ।

विद्यार्थीहरुका लागि कक्षाकोठामा बसेर पढ्ने सपना सपनानै हुने हो कि भन्ने चिन्ता सरोकारवालालाई छ । बालबालिकाहरु भन्छन् कक्षाकोठामा डेस्क, बेन्चमा बसेर पढ्न पाए हुन्थ्यो ।
‘हामीलाई पनि कक्षा कोठामा डेस्क, बेन्चमा बसेर पढ्न मन छ’ एक विद्यार्थीले गुनासो गरे, ‘तर के गर्नु हामीलाई पुग्ने डेस्क, बेन्च, कक्षाकोठा छैन् । त्यसैले जाडोमा चौरीमा अनि गर्मीमा रुखमुनी बसेर पढ्छौँ ।’

सडक छेउमा रहेको सो विद्यालयका बालबालिकाहरु वर्षौदेखि भुइँमा बसेर पढिरहेको बाटो हिड्ने सबैले देखेपनि जनप्रतिनिधीहरुले साढे चार वर्षसम्म पनि देखेनन् ।
विद्यालयमा भवन अभाव भएपछि गत मंसिर २२ गते देवाही गोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलले विद्यालय भवनको शिल’न्यास गरेको भएपनि भवन निर्माणको काम अगाडी बढन सकेको छैन् ।

साढे चार वर्षसम्म विद्यार्थीको दुःख हेरेर बसेका जनप्रतिनिधीहरुले जाने बेला हतार हतार शिलान्यास गरेको सो भवन कहिले बन्छ त्यो टुंगो नभएको अभिभावक बताउँछन् । तर नगर प्रमुख पटेल भने आफुहरुले नगरपालिकामा शिक्षाको विकासको लागि कुनै कसर बाँकी नराखेको दावी गर्छन् ।
उक्त विद्यालयमा पनि चाँडै ८ कोठाको भवन निमार्ण सुरु हुने भएकाले केही समय पछि यो समस्य हट्ने उनको भनाइ छ ।
– न्युज ट्वान्टि फो नेपाल

२०७८ पुष १७, शनिबार १०:४५ गते 1 Minute 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।