२०७९ श्रावण २४ मंगलवार

वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य वृद्धि, ९२ मुलुकमा नेपाली कामदार उडे !

काठमाडौँ : वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । कार्तिक महिनाको तुलनामा मंसिर महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको संख्या बढेको पाइएको हो ।

वैदेशिक रोजगार विभागले तयार पारेको मासिक प्रतिवेदन अनुसार मंसिर महिनामा संस्थागत तथा व्यक्तिगत र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा वृद्धि भएको छ ।

कार्तिक महिनामा म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना कामदारले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएकोमा मंसिर महिनामा त्यो संख्या बढेर ३१ हजार ३१ पुगेको छ । असोज महिनामा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक

रोजगारमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । मंसिर महिनामा व्यक्तिगत प्रयासमा नयाँ २ हजार २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

वैधानिक माध्यमबाट १ हजार ४ सय ४ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३९ हजार ८ सय ७७ जना गरि समग्रमा मंसिर महिनामा ६९ हजार ४ सय ४३ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । विभागको प्रगति विवरण अनुसार मंसिर महिनामा ६ सय ५४ मध्ये ६ सय १४ म्यानपावर कम्पनीले कामदार पठाएका छन् ।

मंसिर महिनामा विश्वका ९२ मुलुकमा नेपाली कामदार गएकोमा म्यानपावर कम्पनीको तर्फबाट जम्मा १२ मुलुकमा कामदार गएका छन् । त्यसमा सबैभन्दा बढी साउदी अरबमा १६ हजार २ सय ३८ जनाको श्रम स्वीकृति भएको छ ।

साउदी अरब पछि अघिल्लो महिना जस्तै कतार जानेको श्रम स्वीकृति भएको छ । कतार जान ६ हजार ६ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । कयुएई जान मंसिरमा ५ हजार ५ सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् ।

मलेसियामा संस्थागत रूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन भने व्यक्तिगत रूपमा जम्मा एक जनाको श्रम स्वीकृति भएको छ । अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम मंसिरमा पनि देखिएको छ । रोमानियाका लागि ३ सय जनाको श्रम स्वीकृति भएको छ ।

ओमनका लागि ३ सय ४१ जना, कुवेतमा ६ सय २१ जना, माल्दिप्समा ३ जना जोर्डनमा ४० जना,साईप्रसमा २ सय ९१ जना,बहराइनमा ९ सय २६ जना, बेलायतको लागि ३ जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् । -साझा सबाल

२०७८ पुष १७, शनिबार १६:१९ गते 1 Minute 351 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।