२०७९ श्रावण २४ मंगलवार

ठेक्का लाग्यो पक्की पुलको, तर बन्यो बाँसको पुल !

बिर्तामोड : झापाको बाह्रदशी गाउँपालिका र झापा गाउँ पालिकाको सीमा क्षेत्रबाट बग्ने बिरिङ खोलाको पुल निर्माण थालिएको ११ वर्षसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले शुल्क तिरेर बाँसको पुल तर्न बाध्य भएका छन् ।

पुल नबन्दा राजगढ बाट झापा गाउँपालिका जाने र झापा गाउँपालिकाको पन्थापारा हुँदै किनमेलका लागि सीमापारि पुग्ने नागरिकले सास्ती खेप्दै आएका छन् । स्थानीय बाँसको भाटाबाट बनाइएको पुलमा कर तिरेर त’र्न बा’ध्य छन् ।

खोलामा बाँसको पुल निर्माण गरी प्रतिव्यक्ति १०, प्रति साइकल २० र प्रति मोटरसाइकल एक सय रुपियाँ सम्म ठेकेदारले रकम अ’सुल्दै आएका छन् । बिरिङ खोलामा चार वर्षमा सक्ने भनेर थालिएको पुल लगभग ११ वर्ष बितिसक्दासम्म निर्माणको आधा पनि काम भएको छैन ।

लामा मैनाचुली जेभी काठमाडौँले २०६८ वैशाखमा १५ करोड ५० लाख मूल्यमा लागेको ठे’क्का अहिले अल-पत्र जस्तै बनेको छ । यसरी वर्षौं बितिसक्दासमेत काम नभएकोमा स्थानीय

आक्रो-सित बनेका छन् । तीन सय १९ मिटर लम्बाइको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो । पटक पटक म्याद थप गर्दासमेत पुल निर्माण भएको छैन । याे खबर गाेरखापत्र दैनिकमा छ।

२०७८ पुष १८, आईतवार १९:३७ गते 1 Minute 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।