
दुबई : संयुक्त अरब इमिरेट्स ( यूएई) मा को’भिड खोपको पूर्ण मात्रा लगाएकाहरूलाई थप मात्रा अर्थात् ‘बुस्टर डोज’ अनिवार्य गरिएको छ।
यूएईको राष्ट्रिय संकट तथा विपत् प्राधिकरण एवं वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय समन्वय मन्त्रालय खोप लगाएकाहरूले ‘बुस्टर डोज’ पनि लगाउनु पर्ने बताएको छ। ‘बुस्टर डोज’ नलगाएका व्यक्तिलाई यात्रा प्रतिबन्ध गरिने समेत बताइएको छ।
यो नियम १० जनवरीदेखि लागू हुने बताइएको छ।
मानवीय क्षेत्रमा कार्यरत व्यक्ति, उपचार चल्दै गरेका व्यक्ति र स्वास्थ्यको कारणले खोप लगाउन नमिल्ने व्यक्तिलाई भने यो नियम लागू नहुने बताइएको छ। -प्रवास खबर बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।