२०७९ श्रावण २८ शनिबार

कोरियामा बिरालोका कारण १०० भन्दा बढि घरमा आग-लागी !

सोउल : दक्षिण कोरियामा देशभर भएका १०० बढी आगलागीका घट’ना बिरालोका कारण सुरु भएको पत्ता लागेपछि घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेता-वनी दिइएको छ। सउल मेट्रोपोलिटनको आगजनी तथा प्र’कोप विभागका अनुसार

बिरालोकै कारण यस वर्ष १०७ घरमा आगलागी सुरु भएको हो । बिरालोले विद्युतीय स्टोभहरू स्वीच अन गरेर आग-लागी सुरु गर्ने गरेको विभागको भनाइ छ। बिरालोहरूले संवेदनशील टच बटनमाथि उफ्रि’एर स्वीच अन गर्दिन सक्छन् । त्यसो गर्दा उपकरण ‘ओभर’हिट’ भई आगो लाग्न सुरु हुन्छ।

ती सबै आगजनीमा थुप्रै मानिस घाइते भएका छन् । तीमध्ये आधाभन्दा बढी घट’नामा घर मालिक बाहिर गएका बेला यस्तो दुर्घ-टना हुने गरेको पाइएको छ । विभागका अधिकारी छङ ग्यो–छल भन्छन्, “बिरालोले सुरु गरेको आगजनी निरन्तर बढिरहेको अवस्था छ । त्यसैले हामी घरपालुवा जीवजन्तु पालेका सबैलाई आफ्नो ‘पेट’प्रति अतिरिक्त ध्यान दिन सुझाव दिन्छौँ ।

किनकि, घरमा कोही नभएका बेला आग-लागी व्यापक रूपमा फैलने खतरा हुन्छ ।” त्यस्तै, विभागले छिट्टै आगो लाग्ने वस्तुहरू जस्तै : पेपर टावललगायतलाई स्टोभबाट सधैँ टाढा राख्न पनि भनेको छ।

त्यस्तै, विद्युतीय स्टोभको प्रयोग गर्दा अटोमेटिक लक फंसन राख्न भनेको छ। आग-लागी हुन बाट जोगिनका लागि आवश्यक पर्ने सम्पूर्ण सतर्कता अपनाउन पनि विभागले भनेको छ। विशेषगरी राजधानी सोउलमा आगजनीका घ’टना

एकदमै बढिरहेको बताइएको छ । सन् २०१९ मा मात्र जनवरीदेखि सेप्टेम्बरमा ३१ घरेलु आगजनीमध्ये अधिकांश बिरालोका कारण सुरु भएको पाइएको थियो । वास्तवमा यो समस्या दक्षिण कोरियामा मात्र

सीमित नभएर अरू मुलुकहरूमा समेत बढ्दै गएको पाइएको छ । अमेरिकन ह्युमेन एसोसिएसनका अनुसार अमेरिकामा मात्र हरेक वर्ष एक हजार बढी घर आगजनीका घ’टनामा घरपालुवा जीवजन्तु नै जिम्मेवार रहेका छन्। -इपिएस साथि

२०७८ पुष १९, सोमबार १९:५६ गते 1 Minute 314 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।