
जनवरी ३, क्वालालम्पुर : मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारी भएको छ। नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको
सामाजिक सुरक्षा संस्था (सोसल सेक्युरिटी अर्गनाइजेसन) बीच नेपाली श्रमिक लाई त्यहाँको सामाजिक सुरक्षाको दायराभित्र समेट्ने गरी सम्झौता भइसकेको छ। सोही व्यवस्था कार्यान्वयनको तयारी सुरू भए ।
को वैदेशिक रोजगार बोर्डले जनाएको छमलेसियाको सोसल सेक्युरिटी अर्गनाइजेसन (सोक्सो) सँग थप छलफल गरिने र छलफलपछि सामाजिक सुरक्षा व्यवस्था भएका कम्पनीहरु मा
मात्रै नेपाली श्रमिक पठाइने बोर्डका” कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।
अब विस्तारै सामाजिक सुरक्षाको व्यवस्था छ/छैन बुझेर मात्रै दूतावासले कम्पनीको मागपत्र प्रमाणीकरण गर्छ।यसो हुँदा मलेसियामा क्रमशः सम्पूर्ण नेपाली श्रमिक सामाजिक सुरक्षाको दायरामा समेटिने छन्
कार्यकारी निर्देशक श्रेष्ठले सेतोपाटीसँग भने।मलेसिया सरकारले १ जनवरी, २०२० देखि सम्पूर्ण आप्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो। १ जनवरी, २०२० देखि यो कार्यक्रम कार्यान्वयनमा समेत आइसकेको छ।कार्यक्रमहरु
कार्यान्वयनका लागि नेपालका तर्फबाट बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ र मलेसियाका तर्फबाट सोक्सो प्रमुख कार्यकारी अधिकृत (सिइओ) “”दातो डा. मोहम्मद अज्मान विन दातो
अजिज मोहम्मदले सम्झौतामा हस्ताक्षर गरेका थिए।
कोरोना महामारी भएकाले कार्यकारी श्रेष्ठले नेपालमै रहेर गत फागुन ४ गते र सोक्सो सिइओ दातोले फागुन १४ गते मलेसियामै रहेर हस्ताक्षर गरेका थिए।‘सम्झौता भए पनि कोरो‘नाका कारण तत्काल नेपालीहरू सोक्सोमा
समेट्न नसकिएको बताइएको छ। बोर्डका अनुसार सोक्सोमा आबद्ध भइसकेपछि श्रमिकको आधारभूत पारिश्रमिकको १.२५ प्रतिशत बराबर रकम प्रत्येक महिना रोजगारदाताले आफ्नो तर्फबाट सोक्सो कोषमा जम्मा गरिदिने व्यवस्था छ। -सेतो पाटी बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।