२०७९ श्रावण २४ मंगलवार

यूएईका राजकुमारले भने : नेपालीको समस्या भए सिधै मलाई भेट्नु ।

जनवरी ३, युएई : संयुक्त राज्य इमिरेट्स (यूएई)का राजकुमार मोहम्मद विन जायद अल नाहयानले यूएईमा अप्ठ्यारोमा परेका नेपालीको समस्या लिएर सिधै आफूकहाँ आउन यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाललाई आग्रह गरेका छन् ।

‘यूएईको विकास र समृद्धिमा नेपालीको ठूलो योगदान छ । नेपालीले पु¥र्याएको योगदानको कदर गर्दछु,’ राजदूत ढकालसमक्ष आफ्नो निजी मजलिसमा भएको भेटमा भने, ‘नेपाली साँचिक्कै अप्ठ्या’रोमा परेको अवस्थामा सिधै मलाई भेट्न आउनू । नेपालीलाई परेको अप्ठ्या’रोलाई समाधान गर्न म हरपल तयार रहनेछु ।’

सन् २०१४ मा यूएईका अध्यक्ष खालिफ अल नाहयान स्वास्थ्य अवस्था बिग्रिएदेखि नै राजकुमार मोहम्मद विन जायद अल नाहयानले शासकीय बागडोर समाल्दै आएका छन् । यूएईको नीतिलाई दैनिक कार्यान्व’यन गर्न उनी आफैं सक्रिय छन् । उनी यूएई सैन्य शक्तिका सहायक सर्वोच्च कमाण्डर पनि हुन् ।

राजकुमार नाहयानले यूएईमा कार्यरत नेपालीसहितको आप्रवासी श्रमिकलाई अझ सुरक्षित र मर्यादित बनाउन आफू हरदम तयार रहेको बताए । उनले आफू नेपालीको इमानदारिता र स्नेहबाट प्रभावि’त रहेको पनि बताए ।

भेटमा राजदूत ढकालले राजकुमार नाहयानलाई नेपाल भ्रमणको पुन: स्मरण गराएका छन् । तीन वर्षअघि राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल भ्रमणको लागि निम्तो दिएकी थिइन् । ‘हामी अहिले को’भिड वि’रुद्ध लडिरहेका छौं । यसलाई सबै मिलेर परास्त गरौं ।

म नेपालको भ्रमण अवश्य गर्नेछु’, नाहयानको भनाइ उद्धृत गर्दै ढकालले कान्तिपुरसँग भने । राजदूत ढकालले कोभिड विरुद्ध लड्नको लागि यूएई सरकारले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिएका थिए । युएईले आधुनिक स्तरको एक सय ५० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री नेपाललाई पठाएको थियो ।

२०७८ पुष १९, सोमबार २०:५० गते 1 Minute 466 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।