२०७९ श्रावण २४ मंगलवार

यूएईका राजकुमार नेपाली श्रमिकको प्रशंसा गर्दै भने – नेपाली एकदमै इमान्दार हुन्छन् ।

काठामाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार मोहम्मद विन जायद अल नाहायान र त्यहाँस्थित नेपाली राजदूत कृष्ण प्रसाद ढकालबीच शिष्टचार भेटवार्ता भएको छ।

दुईदिन अघि राजकुमार अल नाहायानले आफ्नो मजलिसमा राजदूत ढकाललाई निम्तो दिएका थिए । भेटमा उनले यूएईमा कार्यरत नेपालीहरुको प्रशंसा गर्दै सम्मान व्यक्त गरेका थिए।
‘यूएईमा रहेका नेपालीप्रति उहाँ (राजकुमार) एकदमै

सकारात्मक हुनुहुँदो रहेछ। उहाँले यूएईको विकास निर्माणमा नेपाली श्रमिकले पु¥र्‍याएको अमूल्य योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्नुभयो,’ राजदूत ढकालले प्रवास खबरलाई टेलिफोनमार्फत जानकारी दिँदै भने । भेटमा राजकुमार अल नाहायानले नेपाली श्रमिकको इमान्दारीताबाट आफू प्रभा-वित भएको बताएका थिए।

यस्तै उनले नेपाली श्रमिकलाई परेका समस्या समाधान गर्न यूएई सरकार तत्पर रहेको बताउँदै अप्ठ्या-रो अवस्थामा आएमा सिधै आफूलाई जानकारी गराउन आग्रह गरेका थिए।
‘नेपाली एकदमै ‘अनेस्ट’ (इमान्दार) हुनेहुँदा आफू

प्रभा-वित भएको बताउनु भयो,’ राजदूत ढकालले भने,‘नेपाल र नेपालीलाई समस्या पर्दा साथ दिन आफू र यूएई सकार सदैव तयार रहेको बताउनु भएकाे छ।’ त्यहाँ कार्यरत नेपालीलगायत सम्पूर्ण आप्रवासी श्रमिकको अधिकार र

रोजगारी सुरक्षाका विषयमा यूएई सरकार गम्भि’र रहेको उनकाे भनाइ थियाे। भेटमा राजदूत ढकालले राजकुमार अल नाहायानले नेपालीप्रति देखाएको सद्भाव र सम्मानको लागि आभार प्रकट गरे।

यस्तै को-भिड महामारीसँग जुध्न यूएई सरकारले नेपाललाई स्वास्थ सामाग्री उपलब्ध गराएकोमा धन्यवाद समेत दिएका थिए।
यूएई सशस्त्र बलका साहयक सर्वोच्च कमा-ण्डर समेत रहेका राजकुमार अल नाहायानले सन् २०१४ को जनवरीदेखि शासकीय बागडोर समाल्दै आएका छन्। -यो समाचार प्रवास खबरमा प्रकाशित छ ।

२०७८ पुष २०, मंगलवार १०:३७ गते 1 Minute 632 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।