२०७९ श्रावण २४ मंगलवार

नेताहरुलाई “चो-र” भनेका लिङ्देनले फेरी दिए त्यो भन्दा कडा कडा अभिव्यक्ति !

काठमाडौ : केहि समय अघि नेपाली काग्रेसको महाधिवेशन उद्घाटन सत्रमा अतिथी वक्ताका रुपमा भाषण गर्न पुगेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलेले गाउँघरमा नेताहरुलाई जनताले चो’र भन्ने गरेको टिप्पणी गरेका थिए उनले फेरी त्यो भन्दा कडा अभिव्य’क्ति दिएका छन् ।

राप्रपाको अध्यक्षमा कमल थापालाई पराजित गर्दै निर्वाचित भएका लिङ्देन देश’व्यापी रुपमा कार्यक्रममा सहभागी भइरहेका छन् । देशव्यापी पार्टी प्रवेश कार्यक्रम चलाइरहेका लिङ्देनलेले अहिले देउवा र प्रचण्डहरु जनताकोमा गएर मुख देखाउँन पनि लायक नभएको टिप्पणी गरेका छन् ।

बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले एमाले, कांग्रेस र नेकपा (माओवादी केन्द्र) राजनीतिक र नैतिक रुपमा जनताको अगाडि मुख देखाउन लायक नभएको बताएका हुन्।

राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरु आकारको हिसाबले ठूलो भएको उनले बताए।
अध्यक्ष लिङ्देनले जनताले देश र धर्मलाई शि’रमा बोकेर हिँड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै

किसिमको कमीकम’जोरी नगर्ने बताए। उनले भने,‘अहिले राजनीतिक रुपले र नैतिक रुपले कांग्रेस, एमाले, माओवादीहरु जो आफुलाई यो देशको ठूलो पार्टी भन्छन्। उनीहरु जनताको बीचमा गएर मुख देखाउन लायक छैनन्। उनीहरु सँग कुनै आधार नै छैन।

खाली हिजो कुनै कालखण्डमा हामीले ठिक ढंगले जनतालाई बुझाउन नसक्दाखेरी उनीहरुले ठुलो पार्टी हुने मौका पाए।’
उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरुलाई राप्रपामा

आउन आव्हान गरे। राप्रपामा आउने सबैलाई योग्यता, क्षमता अनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उनको आश्वासन थियो। विगतमा भएका मानिसहरु मात्रै बसेर पार्टी नचल्ने भन्दै अध्यक्ष लिङदेनले अन्य पार्टीबाट ल्याएर जिम्मे’वारी दिन नसके पार्टी ठूलो नहुने उल्लेख गरे। -ओटिभी नेपाल

२०७८ पुष २०, मंगलवार १३:४७ गते 1 Minute 286 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।