२०७९ श्रावण २८ शनिबार

लेखनाथ न्यौपाने भन्नुहुन्छ : प्रचण्ड मुखिया र हामी प्रजा होइनौँ प्रचण्ड नभए पनि माओवादी चल्छ ।

काठमाडौँ : जारी नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदनमा समेत फरक मत राखेर १० बुँदे सुझाव प्रतिवेदन राखेका माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले प्रचण्डको विकल्प पनि माओवादीमा भएको बताएका छन् ।

कोहि पनि व्यक्ति निर्विकल्प नभएको भन्दै नेता न्यौपानेले प्रचण्ड पनि माओवादी केन्द्रको निर्विकल्प नभएको बताएका छन् । प्रचण्ड नभए पनि माओवादी आन्दोलन र परिवर्तनको अभियान अघि बढ्ने न्यौपानेले बताएका छन् । व्यक्तिका विशिष्ट क्षमतालाई मान्न सकिए पनि निर्विकल्प मान्न नहुने उनले भनेका छन् ।

कसैलाई निर्विकल्प भन्नु नै विज्ञानविरोधी कुरा भएको भन्दै नेता न्यौपानेले प्रचण्डले भनेका कुरा सबै सहि हुन् र सबैलाई मान्नु पर्छ भन्ने नरहेको बताएका छन् । प्रचण्डले बोल्ने वित्तिकै त्यो वचन अकाट्य र ब्रम्हशस्त्र नहुने उनले बताएका छन् । एउटा व्यक्तिलाई केन्द्रमा राखेर गरिने क्रियाकलाप आफैँमा सामन्ती संस्कार भएको न्यौपानेले बताएका छन् ।

एक टेलिभिजन अन्तर्वाताका क्रममा न्यौपानले सामन्ती संस्कारमा मात्रै मुखिया र प्रजाको व्यवस्था हुने र त्यहाँ राम्रो भए पनि नराम्रो भए पनि मुखियाले भने पनी प्रजाले मान्नै पर्ने भन्ने हुन्थ्यो यो त कम्युनिष्ट पार्टी हो यहाँ कसैको

मुखिया गिरी चल्दैन। उनले भनेका छन्। कम्युनिष्ट पार्टी व्यक्तिलाई केन्द्रमा राखेर होइन सामुहिकतामा चल्नु पर्ने पनी उनले बताएका छन् । अहिले माओवादी केन्द्र सामुहिकता चल्न छोडर एउटै साहसिक बहादुर खोज्न थालेर विग्रिएको पनि नेता न्यौपानेले भनेका छन् ।

सामुहिकताका आधारमा निर्णय गरेर हामी होइन म हुँ भन्ने जुन अवस्था देखिएको छ यसैले बिगारेको भन्दै उनले एकल बहादुर खोज्नु पुजिँवादी सामन्ती संस्कार भएको बताएका छन् ।
अहिले माओवादी केन्द्र पनि नराम्रो सँग पुँजिवादी सामन्ती संस्कारमा भासिएको उनले बताएका छन् ।

आफु र आफ्नो परिवारको वैभवका लागी मात्रै माओवादी नेताहरु लाग्न थालेको भन्दै न्यौपानेले यो ठूलो चुनोतीको बिषय भएको भनेका छन् । सांसद , मन्त्री पद पाए मात्रै ठिक नपाए सबै बेठिक भन्ने संस्कार माओवादीमा नराम्रो सँग मोलाएको उनले बताएका छन् ।

माओवादी केन्द्र समेत सम्मेलित प्रदेश सरकारमा भाग बाँढेरै खानका लागी १८ वटा मन्त्रालय बनाउँदा समेत माओवादी केन्द्र कुनै प्रतिक्रिया दिन नसक्ने अवस्थामा पुगेको भन्दै न्यौपानेले यहि नै माओवादी कसरी पुजिँवादी चक्करमा फसेको छ भन्ने उदारहण भएको बताएका छन् ।

प्रदेश सरकारले १८ मन्त्रालय पुर्याउँदा पनि हामी सरकार बाट बाहिरिन्छौँ भनेर निर्णय गर्न सक्ने अवस्था माओवादीको नहुनु दुखद भएको उनले मत छ । माओवादी केन्द्र भित्र अध्ययनशिल र वैचारिक नेताको परिचय बनाएका

न्यापानेले आफ्नो दश बुँदे फरक मत सहित पार्टी अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवदेनमा पुरक प्रतिवेदन समेत पेस गरेका थिए । प्रतिवेदनमा न्यौपानेले प्रचण्डमा पनि एमाले अध्यक्ष ओली जस्तै बा प्रवृती रहेको आरोप समेत उनले लिखित रुपमा लगाएका छन् ।

२०७८ पुष २०, मंगलवार १३:५३ गते 0 Minutes 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।