
जनवरी ४, क्वालालम्पुर : मलेसियाले ३१ हजार नेपाली कामदारको माग गरेको छ। मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार माग गरेको हो ।
नेपाली दूतावासले मंगलबार एक विज्ञप्ति निकालेर मलेसियाका कम्पनीहरूले ३१ हजारभन्दा धेरै नेपाली कामदार माग गरेको जानकारी दिएको हो । मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय १६, सेक्युरिटी गार्डसहित सेवा क्षेत्रका लागि
१० हजार १ सय ८३, कृषि क्षेत्रका लागि १ हजार ४ सय ७५, प्लान्टेसनका लागि १ हजार ३ सय ९७ र निर्माण क्षेत्रका लागि १ हजार ३० जना नेपाली कामदार माग गरेको हो ।
उता मलेसियाले नेपाल भन्दा अगाडी बाङ्लादेशबाट पहिला कामदार ल्याउने प्रक्रिया अगाडी बढाएको छ ।
थप- शुन्य लागतमा मलेसियाको सेम्बिलान शहरमा रहेको एक प्रतिष्ठित कम्पनीमा नेपालीको लागि रोजगारीको अवसर आएको छ ।
मलेसियामा रहेको उक्त कम्पनीमा जान इच्छुक नेपाली ब्यक्तिहरुले मेनपावर कम्पनीमा सम्पर्क गरेर मलेसिया जान सकिने छ भने कुनै पनि एजेन्ट मार्फत पैसा नदिन समेत अनुरोध गरिएको छ ।
फ्री भिसा, फ्री टिकेट संगै शून्य लागत रहेको मलेसियाको सि पाक कम्पनीको लागि ४० जना नेपाली नागरिकको लागि डिमान्ड आएको छ ।
नेपालको बिएस ओभरसिज प्राली काठमाडौंले सुचना प्रकाशित समेत गरेको छ भने त्यसको लागि इच्छुकले कार्यालयमा सम्पर्क गर्न तथा मेनपावर कम्पनीको कार्यालयको फोन नम्बरमा सम्पर्क गर्न समेत बताइएको छ ।
मलेसियामा रहेको उक्त कम्पनीको लागि प्रोडक्सन अपरेटरको लागि माग आएको हो ।भने तलब सुबिधा ३२ हजार भन्दा बढी हुने र ओभरटाइम समेत रहेको जनाइएको छ ।
बिस्तृतमा हेर्नको लागि तलको बिज्ञापनमा दिएको नम्बरमा समर्क गर्न सकिमे छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।