
चितवन : चितवनको भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्त’र्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भएको छ ।
धुर्मस-सुन्तली फाउण्डेशनले निर्मा’ण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको हो ।चैत्र १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शु’भारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए ।
उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियानमा सहभागी हुने टोलीलाई सोमबार विहान रंगशालामा काम गर्ने म’जदुरहरुले टीका, मालासहित ४ हजार ४०५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे । महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ
हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता, अप’नत्व र योग’दान रहोस् भनेर मेची महाकाली अ’भियान सुरु गर्न लागेका हौं ।’
उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए । रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्मा’णमा सहयोग गर्न सके त्यसले सका’रात्मक सन्देश दिने बताए ।
प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्रा’चार गरिसकिएको छ ।
सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अ’भियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली,
बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभि’यान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।