२०७९ श्रावण २४ मंगलवार

दक्षिण कोरियामा जनवरी १० तारिखदेखी यस्तो नियम लागु हुँदै,उल्लङ्घन गर्नेलाई जरिवाना सहित प्रशासनिक कार-वाही हुने !

जनवरी ५, सोउल : दक्षिण कोरियामा जनवरी १० तारिखदेखी यस्तो नियम लागु हुँदै,उल्ल’ङ्घन गर्नेलाई जरि’वाना सहित प्रशासनिक कार’वाही हुने ।दक्षिण कोरियामा पछिल्लो समय बढदै गईरहेको को’भिड को नयाँ भेरि’यन्ट

ओमिक्रोनको फैलावटलाई नि’यन्त्रण गर्नको लागी कोरियाली स्वास्थ्य अधिकारीहरुले “भ्या’क्सिन पास प्रणाली” लागु गर्ने भएका छन। कोरिया सरकारले को’भिड भ्या’क्सिनको म्याद ६ महिना तोकेसंगै गत बर्ष जुलाई ६ तारिख भन्दा अगाडी कोभि’डको भ्या’क्सिन पुरा गरेका हरुको भ्या’क्सिनको म्याद

सकिने भएकोले ति ब्याक्तिहरुलाई कोभि’डको बुस्टर डोज लगाउन आग्रह गरेको छ। कोरोना भ्याक्सिनको पुरा डोज लगाएको छ महिना कटेको खन्डमा कोरियामा बसोबास गर्ने नागरिकहरुले धेरै सेवा सुविधाहरुबाट बन्चित हुनुपर्ने भएको छ।

गत सोमबार देखी लागु भएको ‘भ्या’क्सिन पास प्रणाली’ अन्तर्गत अव म्याद सकिएका हरुले बुस्टर डोज नलगाएको खन्डमा बहुउपयोगी सुबिधाहरु प्रयोग गर्नबाट बन्चित हुनुपर्ने छ।

भ्याक्सिन पास प्रणाली अन्तर्गत

रेस्टुरेन्ट,क्याफे,थियटर,स्कूल,मल तथा डिपार्टमेन्टल स्टोर साथै अन्य ईन्डोर बहुउद्देश्यिय सुविधाहरुको उपभोग गर्न म्याद नगुज्रेको भ्याक्सिन सर्टिफिकेट,क्यूआर कोर्ड ईन्ट्रि तथा ४८ घन्टा नकटेको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।

कोरियाली सरकारले भ्या’क्सिन पासको ग्रेस पिरियड अन्तर्गत यूवाहरुलाई मार्चबाट लागु गर्ने भएको छ । ठुला डिपार्टमेन्ट स्टोर तथा ठुला छुट स्टोर र मल हरुमा भने यो नियम जनवरी १० तारिखदेखी नै लागु हुने भएको छ।

सरकारले १० तारिखदेखी भ्याक्सिन पास प्रणाली लागु गर्ने भएसंगै उक्त नियमको कडाईका साथ पालना गर्न गराउन सम्बन्धित निकायलाई अपिल गरेको छ।

सरकारले भ्याक्सिन पास प्रणाली उल्लङ्घन गर्नेलाई जरि’वाना तथा प्रशाशनिक कारबाही समेत गर्ने भएकोले नियमलाई कडाईका साथ लागु गर्न बाध्यात्मक परिस्थिति निर्माण हुने भएको छ।

यससंगै कोरियामा रहेका नेपालीहरुले समेत अनिवार्य यो नियम लागु गर्नुपर्ने छ।भ्या’क्सिन लगाएका हरुले क्युआर कोर्ड अथवा भ्याक्सिन सर्टिफिकेट अनिवार्य बोक्नु पर्नेछ।

साथै भ्याक्सिन को म्याद हेरेर म्याद सकिन लागेको खन्डमा तेस्रो डोज अनिवार्य हान्नुपर्नेछ।.पहिले जोनसोन को सिङ्गल डोज लगाएकाहरुको हकमा २ महिनापछी र अन्य भ्याक्सिन लगाएका हरुले भ्याक्सिन लगाएको ३ महिनापछी तेस्रो डोज भ्याक्सिन लगाउन सक्नेछन। -कोरिया पाटी बाट

२०७८ पुष २१, बुधबार १२:२१ गते 1 Minute 163 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।