२०७९ श्रावण २८ शनिबार

खुशीको खबर ! विद्यार्थीका लागि अष्ट्रेलिया खुला ।

जनवरी ५, काठमाडौं : नेपालस्थित अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले कोरोनाले दुई वर्षको चु’नौतीपूर्ण समयपछि नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा स्वागत गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ ।

स्टडी इन अष्ट्रेलिया भन्ने नाराका साथ मंगलबार काठमाडौंमा आयोजित प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०२२ को उद्घाटन गर्दै उहाँले को’रोना खोप लिएका विद्यार्थीलाई अध्ययनका लागि अष्ट्रेलिया डिसेम्बरदेखि खुला भएको जानकारी दिनुभयो ।

नेपाली विद्यार्थीलाई गुणस्त’रीय शिक्षा दिन अष्ट्रेलिया प्रतिबद्घ रहेको उहाँको भनाइ थियो । नोभा एजुकेसन एन्ड कन्सल्टिङ सर्भिसेजले नयाँ वानेश्वरस्थित एभरेष्ट होटलमा शैक्षिक मेला आयोजना गरेको हो ।

मेलामा अष्ट्रेलियाको कलेज र युनिभर्सिटीका साथै शैक्षिक ऋ’ण र बिमा सेवासमेत गरी १५ वटा संस्थाको सहभागिता रहेको नोभाका कार्यकारी निर्देशक रमण कोइरालाले बताउनुभयो ।

आयोजकका अनुसार मेलामा सहभागी एक सय विद्यार्थीलाई निःशुल्क आइएलटिएस वा पिटिई कक्षा उपलब्ध गराइएको थियो भने र एक भाग्यशाली विजेतालाई अष्ट्रेलियाको निःशुल्क हवाई टिकट दिइनेछ ।

२०७८ पुष २१, बुधबार १२:३२ गते 1 Minute 580 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।