२०७९ आश्विन २० बिहीबार

मलेसियामा बिश्वको सबभन्दा अग्लो भवन बन्दै !

क्वालालम्पुर : विश्वमा अग्लो भवनको.कुनै कमी छैन । जब कुरा विश्वको सबैभन्दा अग्लो भवनको हुन्छ दुबईको बुर्ज खलिफाको नाम आउँछ । यो भवन हेर्नका लागि मानिसहरू विश्वभरिबाट आउने गरेका छन् ।

जसको उचाइ ८२९.८ मिटर अर्थात् २,७२२ फिट छ । जो मानिस दुबई जान्छन् उनीहरू यो भवन नहेरी पक्कै पनि फर्किँदैनन् । तर तपाईंलाई थाहा छ विश्वकै दोस्रो अग्लो भवन मलेसियामा निर्माण हुँदैछ । यो भवन २०२२ को अन्त्यसम्ममा निर्माण भइसक्ने छ ।

यो भन्दा पहिले विश्वकै दोस्रो अग्लो भवनको रूपमा शंघाई टावर रहदै आएको थियो । यो टावरको उचाइ २,०७३ फिट छ । मलेसियाको टावर निर्माण पुरा भएपछि यो शंघाई टावर तेस्रो स्थानमा खस्किने छ । आउनुहोस् थाहा पाउ बुर्ज खलिफापछि अग्लो बन्न लागेको भवनको रहस्यको बारेमा ।

यो भवनको नाम मर्डेका–११८ हो । यो मलेसियाको क्वालाम्पुरमा रहेको छ । मर्डेका एक इन्डोनेसियाली र मलाया भाषाको शब्द हो । यसको नेपाली भाषामा ‘स्वतन्त्रता’ भन्ने अर्थ लाग्छ । यो भवन ११८ तलाको हुने छ ।

प्राप्त जानकारी अनुसार यो भवनमा आवश्यकता अनुसारका सबै सुविधा उपलब्ध हुने छ । मिडिया रिपोर्टका अनुसार यो भवनको निर्माण पुरा भएपछि मलेसियाको पर्यटनमा वृद्धि हुनेछ । यो भवनमा एक साथ ३००० मानिस अटाउन सक्नेछन् । यसको डिजाइन चिप्लो र त्रिकोणीय सिसाको प्यानलबाट बनेको छ ।

यो आकारले मलेसियाको पारम्परिक र आर्ट तथा क्राफ्टलाई झल्काउछ । यो भवन ३१ लाख वर्ग फिटको क्षेत्रफलमा बनाइँदै छ । यो भवनको आधा प्रतिशत हिस्सा कार्यालयलाई दिइने छ । यो टावरमा एक मल, एक मस्जिद, एक पार्क र एक होटल हुने छ । भवनमा दक्षिण पूर्वी एसियाको सबैभन्दा अग्लो निरीक्षण छानो बनाइँदै छ । यसमा एक पार्क पनि हुने छ ।

२०७८ पुष २१, बुधबार २०:२६ गते 0 Minutes 740 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।