२०७९ श्रावण २४ मंगलवार

नेतालाई ‘धम्क्याउने’ एसपी पाण्डे निलम्बित !

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई ध’म्की दिएपछि छानबिनमा

परेका एसपी पाण्डेलाई तीन महिनाको लागि निलम्बन गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आच’रणविपरीत गतिविधि गरेको आ’रोपमा अनु’सन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए ।

उनले भने, ‘समिति बनाएर अब छानबिन हुन्छ ।’
पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।
कांग्रेस सिरहाका जिल्ला सभापति यादवले सरुवाको

विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी पाण्डेले आफूलाई गोली हान्ने ध’म्की दिएको दाबी गरेका थिए । यादवले विज्ञप्ति जारी गर्दै मा’दक पदार्थ सेवन गरी

आइतबार राति पाण्डेले घरमै आएर अप-शब्द, गा’लीगलौ’ज गरी गोली हान्ने धम्की दिएको बताएका थिए । ज्यान मार्ने धम्की दिएको भन्दै यादवले जिल्ला प्रहरी कार्यालय सिरहामा एसपी पाण्डेवि’रुद्ध जाहेरी दिएका थिए ।

२०७८ पुष २१, बुधबार २१:०८ गते 1 Minute 545 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।