२०७९ श्रावण २४ मंगलवार

पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठ’गी गर्ने ट्राभल्स संचालक सहित दुई प’क्राउ !

काठमाडौँ : नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्रा’उ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङ गल्कोट न.पा. वडा नं. ६ २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाही

बागमती न.पा. वडा नं. १ का २४ वर्षीय समीर कार्कीलाई मङ्गलबार प’क्राउ गरी आज सार्वजनिक गरेको हो । कामदार भिसामा पोर्चुगल जानका लागि प्रतिव्यक्ति रु १४ लाख लाग्छ र पोर्चुगलमा पुगेपछि मासिक रु एक लाख कमाइ हुन्छ भनी

उनीहरुले चार जनासँग १० लाखका दरले रु ४० लाख लिएर ठ’गी गरेको प्रहरीले जनाएको छ । प’क्राउ व्यक्तिलाई आवश्यक अनुस’न्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

२०७८ पुष २२, बिहीबार ०५:४४ गते 1 Minute 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।