२०७९ आश्विन १२ बुधबार

वैदेशिक रोजगार – लकडाउन अघि आएको मागपत्र कार्यान्वयन गर्न छ महिनाको म्याद थप !

काठमाडौँ : सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यान्व’यनका लागि छ महिनाको म्याद दिएको छ ।

कोरोना भाइरस महामारीअघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झ’टिलो र असम्भव प्रायः भएकाले व्यावहारिक कठिनाइका कारण छ महिना कामदार पठाउन पाउने गरी म्याद थप गरिएको श्रम रोजगार तथा

सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विसं २०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यान्व’यनका लागि २०७८ मङ्सिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी छ महिना म्याद थप गरिएको हो ।

सरकारको यो निर्णयसँग को|रोना भा’इरस महामारी’का कारण गरिएको लक’डाउनअघि प्राप्त भएका ३० हजारभन्दा बढी मागपत्र कार्यान्वयन हुनेछ । वैदेशिक रोजगारीसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

को’रोना भा’इरस महा’मारीका कारण सरकारले २०७६ फागुन २६ गतेदेखि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाएको थियो । अहिले अन्तर्राष्ट्रिय उडान सञ्चालन भइरहेको तथा रोजगारदाता मुलुकबाट श्रमिकको माग भई आएकाले पहिले नै प्राप्त भएका माग पत्रअनुरुप श्रमिक पठाउन छ महिनाको म्याद थप गरिएको हो ।

२०७८ पुष २२, बिहीबार १०:३३ गते 1 Minute 663 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।