२०७९ श्रावण २८ शनिबार

मलेसियामा एक दिन बढी बिदा बसेको बहानामा कम्पनीले निकालिदिए पछि होमबहादुर अलपत्र !

जनवरी ६, क्वालालम्पुर : स्याङ्जा गल्याङका होमबहादुर थापा आफू कार्यरत कम्पनीले कामबाट निकालिदिएपछि विगत पाँच दिनदेखि मलेसियामा अल’पत्र पर्नुभएको छ ।

उहाँ २० वर्षदेखि काम गर्दै आउनुभएको कम्पनी स्ट्या’ण्डर्ड वूड प्रडक्ट एचडीएच डीएलटीले पासपोर्ट र कागजात जफत गरेर कामबाट निकालेको होमबहादुरका भाइ रणबहादुर क्षेत्रीले उज्यालोलाई बताउनुभयो ।

उहाँका अनुसार होमबहादुर कम्पनीबाट दुई दिनको बिदा मागेर घुम्न जानुभएको थियो । तर कारणबस तीन दिन बिदा बसेकाले कम्पनीले निकालेको हो । ‘उहाँले पहिलेका कम्पनी प्रमुखसँग बिदा लिएर घुम्न जानुभएको रहेछ तर अहिले कम्पनीको जिम्मेवारी सम्हालेको उनको छोराले म मालिक हो ।

म सँग बिदा माग्ने हो भन्दै तीन दिनसम्म बिदा बसेको बहाना बनाएर कामबाट निकालेको हो’,.आफ्नो दाइको भनाइलाई उद्धृत गर्दै रणबहादुरले भन्नुभयो, ‘पासपोर्ट, काग’जात सबै कम्पनीसँगै छ ।

कम्पनीले बस्नको लागि दिएको कोठामा पनि ताल्चा लगाएपछि सडकमै बस्नुपरेको छ ।’ कम्पनीले कामबाट निकालेपछि अहिले ४५ वर्षीय होमबहादुर मलेसियाकाे सेलेङ्गार क्षेत्रमा अलपत्र पर्नुभएको छ । उहाँले यति लामाे समयसम्म त्याे कम्पनीमा काम गरेकाे ‘इन्से’न्टिभ’ पनि पाउनुभएकाे छैन ।

को’रोनाका कारण मलेसियामा स्वास्थ्यका मापदण्ड’मा कडाइ गरिएको छ । साथीहरुको कोठामा पनि जान सक्नुभएको छैन । बाहिरको मान्छेलाई आफ्नो कोठामा ल्याउन मिल्दैन । आफूसँग कागजात र पैसा नहुँदा दूतावाससम्म पनि जान सक्नुभएकाे छैन । आफ्नाे उद्धार गरि दिन हाेमबहादुरले आग्रह गर्नुभएकाे छ । – उज्यालो अनलाइन बाट

२०७८ पुष २२, बिहीबार २०:३८ गते 1 Minute 627 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।