२०७९ श्रावण २४ मंगलवार

नेपाल एयरलाइन्स लाई हङकङ उडानमा प्रतिबन्ध !

काठमाडौँ : पुस २२, नेपाल एयरलाइन्सलाई काठमाडौं–हङकङ उडान भर्न त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ । गत मंगलबार निगमको न्यारोबडी जहाज उडान नम्बर ४०९

चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो । निगमले सूचना जारी गरेर हङकङले उडानमा प्रतिबन्ध लगाएको जानकारी गराएको छ ।

निगमका अनुसार उडान प्रतिबन्ध दुई सातासम्मका लागि हुनेछ । हङकङले कुनै उडानबाट त्यहाँ पुगेकामध्ये दुई जनासम्मलाई को’रोना संक्र’मण देखिए प्रतिबन्ध लगाउँदैन । तर, जनवरी ४ तारिखमा निगमको जहाजबाट गएका पाँच जनामा एकैपटक संक्रमण देखिएको थियो ।

यसअघि पनि हङकङले निगमको जहाज उडानमा पटक-पटक प्रतिबन्ध लगाउदै आएको छ । धेरै ल्याबहरू परीक्षणबिनै खुलेका छन्, कोरो’ना परी’क्षण गर्ने भनी खुलेका यस्ता ल्याबकै परीक्षण गर्नु आवश्यक छ ।

रातोपाटीसँग कुरा गर्दै डा. दीक्षितले भने, ‘संक्र’मितले पनि पैसा तिरेर संक्रम’णमुक्त रहेको प्रमाणपत्र लिएको पाइएको छ, दक्ष जनशक्ति नभएका ल्याबहरुलाई पनि सरकारले स्वीकृति दिएको छ । त्यस्ता ल्याबले पैसाको भरमा गलत ढंगले

सर्टिफिकेट बेच्ने गरेको सुनिन्छ, तत्काल नियमन गरी त्यस्ता ल्याब बन्द गराउनुपर्छ । कहिलेकाहिँ मानवीय त्रु’टि पनि हुनसक्छ, यस्तो त्रु’टि पनि सकेसम्म हटाउनेतर्फ लाग्नुपर्छ । नत्र नेपालले गर्ने को’रोना परीक्षण विश्वभर नै गम्भीर लापरबाही र ठट्टाको विषय बन्नसक्छ ।’

२०७८ पुष २३, शुक्रबार ०५:३७ गते 1 Minute 358 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।