२०७९ आश्विन १२ बुधबार

सिबिटी परीक्षाको नतिजा प्रकाशित हुने मिती तोकियो ।

काठमाडौ : निकै लामो पर्खाईपछि नेपालमा भएको सिबिटी परीक्षाको नतिजा प्रकाशित हुने मिति पनि तय भएको छ। नेपालमा कम्प्युटरमा आधारित परीक्षा सिबिटी सन २०२१ का लागि गत पुष १ गतेदेखि सन्चालन भएको थियो।

कम्प्युटरमा आधारित भनिए तापनि यस पालीको परीक्षा भने ट्याबमा भएको थियो। ट्याबबाट परीक्षा सन्चालन भएकाले यस परीक्षाले युबिटी परीक्षा समेत भनिएको छ। परीक्षा गत पुष १ गतेदेखि पुल्चोक स्थित इन्जिनियरिङ कलेजमा सन्चालन भएको थियो।

यस परीक्षामा दक्षिण कोरियामा एक कार्यकाल काम गरी फर्केकाहरुले परीक्षा दिएका थिए। सन २०२१ को यो सिबिटी परीक्षाको फाराम गत मंशिर ६ गतेदेखि मंसिर ८ गतेसम्म खुल्ने भनिएतापनि पछि फाराम भर्ने समय केहि दिन थप गरिएको थियो। यस परीक्षामा ५ हजाभन्दा बढि परीक्षार्थि सहभागी भएका थिए।

उत्पादन मूलक र कृषि तथा पशुपालन दुबै क्षेत्रका लागि परीक्षा दिनेहरु सम्मिलित भएका थिए। नेपालमा सन २०१९ मा पछिल्लो पटक सिबिटी परीक्षा सन्चालन भएको थियो।
दक्षिण कोरियामा बैधानिक रुपमा काम गरेर स्वदेश

फर्किएकालाई पुनः कोरिया जाने मौका दिनका लागि कम्प्युटरमा आधारित सिबिटी परीक्षा दिइदै आएको छ। यस परीक्षाको माध्यमबाट कोरियाबाट फर्केकाहरुलाई पुन कोरियामा रोजगारीका लागि मौका मिल्ने गर्दछ।

यसै बिच सन २०२१ का लागि गत पुष १ गतेबाट लिइएको सिबिटी परीक्षाको नतिजा प्रकाशित हुने मिती एचआरडी कोरियाले तोकेको छ। एचआरडी कोरियाको अफिसियल वेवसाईटमा दिइएको जानकारी अनुसार नेपालमा

भएको यो परीक्षाको नतिजा आउँदो जनवरी १२ तारिख हुने बताइएको छ। ५ हजारभन्दा बढि परीक्षार्थिले दिएको यस परीक्षामा के कति पास हुने हुन यस बारेमा भने एचआरडी कोरियाले कुनै जानकारी दिएको छैन।

२०७८ पुष २३, शुक्रबार ११:१८ गते 0 Minutes 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।