२०७९ श्रावण २४ मंगलवार

प्रचण्डले सुन्नै नचाहने कुरा सबैले सुन्ने गरी भन्दीए मोहन वैद्यले !

काठमाडौ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पटक पटक पूर्व माओवादी घटक विच एकताको कुरा गर्ने गरेका छन् । प्रचण्डको यस्तो प्रस्तावलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले ठाडै खारेज गरिदिएका छन् ।

प्रचण्डले भने जती सजिलो सँग पार्टी एकता गर्ने अवस्था नरहेको भन्दै क्रान्ति-कारी माओवादीका महासचिव मोहन वैद्य किरणले बरु प्रचण्डले काग्रेस सँग पार्टी एकता गर्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रचण्डको विचार काग्रेस सँग मिल्ने वैद्यले बताएका छन् ।

किरणले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सु’ध्रिनै नसक्ने गरि बिग्रि’सकेको आ’रोप लगाएका छन् । अब प्रचण्डले जे जस्तै गफ दिए पनि कसैले पत्याउँन नसक्दै अवस्था आएको भन्दै उनले प्रचण्ड नवउ’दारवादी संसदीय भाषमा फसेको बताएका छन् ।

ओटीभी नेपाल डटकम सँगको विशेष कुराकानीमा महासचिव बैद्यले प्रचण्डले जस्तो सुकै प्रतिवेदन ल्याएँ भनेर गफ दिए पनि त्यसको कुनै तुक नरहेको बताएका छन् । शब्द के लेख्यो भन्दा पनि सार के हो भन्ने कुरा महत्वपुर्ण रहको भन्दै

उनले प्रचण्डले ल्याएको प्रतिवे’दनबाट कोहि पनि उत्साहित बन्नु पर्ने अवस्था नरहेको बताएका छन् । प्रचण्डले शब्द’जाल बुनेर अर्को भ्रमको खेती मात्रै गर्न खोजेको महासचिव बैद्यले आरोप लगाएका छन् । माओवादी आफ्नो निती र सिद्धान्तबाट धेरै पर पुगिसकेको भन्दै उनले फेरी सुध्रि’एला भन्ने आफुलाई नलागेको बताए ।

माओवादीको ओज जनयुद्धमा मात्रै भएको भन्दै उनले अहिले प्रचण्ड संसदीय भाषमा नमज्जा सँग जाकिएको बताए ।
अहिले काग्रेस एमाले भन्दा पनि चर्को संसदवादी बनेर प्रचण्ड निस्कीएको भन्दै वैद्यले संसदवादी मान्छेले जस्तो सुुकै राम्रो प्रतिवेदन ल्याए पनि त्यसले खास ठूलो अर्थ नराख्ने बताएका छन् ।

केपी ओलीले संसद विघठन गर्दा संसदीय व्यवस्था रक्षा गर्ने ठेक्का मेरै हो जसरी प्रचण्ड लागेको होइनरु अनी यिनी बाट के आशा राख्ने रुबैद्यले भनेका छन् । पूर्व माओवादी घटक विच एकता गर्ने कुरा चलिराछ के तपाईहरु प्रचण्ड सँग एकताको लागी तयार हो ? भन्ने ओटीभी नेपालको प्रश्नमा महासचिव वैद्यले प्रचण्ड सँग एकताको कुनै सम्भावना नरहेको ठाडो जवाफ दिएका छन् । बरु उनले काग्रेस सँग एकता गर्दा राम्रो हुने सुझाव दिएका छन् ।

काग्रेसको भन्दा चर्को उदारवादी निती र संसदीय व्यवस्थाको वकालत गरेर हिड्ने प्रचण्डले हामी सँग होइन काग्रेस सँग पार्टी एकता गर्दा राम्रो हुन्छ ,हामी गर्दैनाँ । वैद्यले भनेका छन् । कुन दिन प्रचण्डले काग्रेस सँग पार्टी एकतानै गर्न पनि बेर नलाउँने उनले बताएका छन् ।

निती र सिद्धान्त बाट च्यूत भएको र सत्ता र शक्तीका लागी जे पनि गर्ने प्रवृती प्रचण्डमा रहेको आ’रोप वैद्यले लगाएका छन् । एमालेसँग एकता गरेकै हो त्यो भत्ताभुंग भयो अब काग्रेस सँग पनि एकता गर्न के बेर रुकुन निती र सिद्धान्तमा काग्रेस र माओवादी फरक छ र ? उनले भनेका छन् ।

राष्ट्रिय स्वाधिनता र स्वाभिमानको सवालमा प्रचण्डको अडान के हो ? एमसीसीका बिषयमा उनको पार्टीको प्रष्ट निर्णय के हो ? भन्दै वैद्यले प्रश्न गरेका छन् । लिपुलेक लिम्पी’याधुराको बिषय छ यसमा उनीहरु दरो सँग उभिन सकेका छैनन् अनी यस्तो र उस्तो प्रतिवेदन ल्याएँ भनेर हुन्छ ? यी सब कुराहरु वाइयात हुन् । उनले भनेका छन् ।

राजा हटाएर गणतन्त्र ल्याएँ भन्छन् प्रचण्ड के अहिले प्रचण्डको जिवनशैली राजाको भन्दा कम छ ? भनेर पनि उनले प्रश्न गरेका छन् । राजा त हटाए यो साँचो कुरा हो हामी सबै मिलेर हटायौँ तर प्रचण्डनै नयाँ राजा बनेका बैद्यले भने । माओवादी जनयु’द्धमा देखेको अधुरा सपनाहरु पुरा गर्न आफुहरु शक्ति आर्जनमा रहेको पनि वैद्यले भनेका छन् । -ओटिभी नेपाल बाट

२०७८ पुष २३, शुक्रबार २१:२२ गते 1 Minute 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।