२०७९ श्रावण २४ मंगलवार

नेपालमा प्रतिबन्धित क्रिप्टो-करेन्सीको कारोबार बढ्दै !

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गत मङ्सिर २९ गते प्रतिबन्धित क्रिप्टोक’रेन्सीको कारोबार गर्ने ३० थान उपकरण (डिभाइस) बरामद ग-यो ।

विदेशमा इन्जिनियरिङ पढाइ सकेर फर्किएकी एक युवतीको साथबाट बरामद भएका उपकर’णबारे भन्सार कार्यालय अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पठायो ।

सीआईबीको अनुसन्धानबाट ती उपकरण क्रिप्टो’करेन्सी कारोबारीको तथ्याङ्क सुरक्षित गर्ने उपकरण भएको पत्ता लाग्यो । सीआईबीले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार ती युवतीलाई मुद्दा चलाउन भन्सार कार्यालयलाई सिफारिस ग-यो

तर उपकरणमा कुनै कारोबार नदेखिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा अगाडि बढाएन । ब्युरोले यसअघि २०७७ चैत ५ गते क्रिप्टो’करेन्सी कारोबारमा संलग्न अर्का इन्जिनियर युवकलाई उपकरणसहित काठमाडौँको

नयाँबजारबाट पक्राउ गरेको थियो । अनुस’न्धानबाट ती युवकले अवैध कारोबार गरेको खुले पनि मुद्दाको टुङ्गो अझै लागेको थिएन । त्यसअघि पनि २०७५ जेठ ६ गते उपकरणसहित पक्राउ परेका अर्का युवकले भने काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाए ।

ब्युरोले २०७४ असोज २० गते दोलखाको तामाकोसीबाट ‘बिटक्वाइन माइनर’ ९बिटक्वाइनको अन्तर्राष्ट्रिय नेटवर्क सञ्चालन गर्ने उपकरण० २६ थान बरामद ग¥यो । त्यसमा संलग्न पाँचै जनाविरुद्ध ब्युरोले मुद्दा त चलायो तर काठमाडौँ जिल्ला अदालबाट ती युवा ध’रौटीमा रिहा भए ।

यी प्रतिनिधि घटना मात्र हुन् । यीबाहेक नेपालमा पछिल्लो समय प्रतिबन्धित क्रिप्टोक’रेन्सीअन्तर्गतका बि’टक्वाइन, डचक्वाइन, रिपल, इथेरियम लाइट क्वाइनलगायतका अवैध विद्युतीय मुद्राको कारोबार बढ्दै गएको अनुस’न्धानबाट खुलेको छ ।

यसको अवैध कारोबारमा अवैध धन प्रयोग भएको पनि खुलेको छ । अनुसन्धा’नबाट कतिपय उच्च व्यापारिक घरानासमेत क्रिप्टोक’रेन्सी कारोबारमा संलग्न रहेको ब्युरोको अनुसन्धा’नबाट खुलेको छ । -यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

२०७८ पुष २४, शनिबार १०:२८ गते 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।