
काठमाण्डाै : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको आवागमन कक्ष फराकिलो बनाउन निर्देशन दिनुभएको छ।
लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि भैरहवा जाने क्रममा विमानस्थलको आन्तरिक कक्षको निरी’क्षण गर्दै मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरो’ना जो’खिमलाई ध्यानमा राखेर आवागमन
कक्षलाई फराकिलो बनाउन तथा विस्तार गर्न निर्देशन दिनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उप–महानिर्देशक प्रेमनाथ ठकुरले तत्काल आवागमन कक्ष फराकिलो बनाउने प्रतिबद्धता जनाउनुभएको छ । ठाउँको पहिचान तथा बजेट व्यवस्थापनको तत्काल काम अगाडि बढाउने उहाँको भनाइ छ।
थप : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुबेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको छ ।
नेपाल भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि उक्त समिति गठन गरिएको हो । समितिमा पाँच जना सदस्य रहेका छन् । उक्त समितिका सदस्यमा परिषद् सदस्य आशा पाण्डे, बिश्वकरण जयन तथा देवीप्रसाद बराल रहनु भएको छ भने मन्त्रालयका लेखाका उप सचिव सदस्य रहनु भएको छ ।
उक्त समितिलाई सात दिन भित्रमा छानबिनको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागे पछि त्यसको सत्य सत्य छानबिनका लागि उक्त समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
उक्त धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेले आनन्द प्रालि ९बतास समूहलाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकहरूसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ । -यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।