२०७९ श्रावण २४ मंगलवार

अध्यक्ष लिङ्देन भन्नुहुन्छ : भ्रष्टा-चारीलाई राप्रपामा ठाँउ छैन ।

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् ।

देश बनाउने र देशलाई बरबाद पार्ने शक्तिबीच नेपालमा ध्रुवी’करण भइरहेको भन्दै र अध्यक्ष लिङ्देनले देशका लागि निस्स्वा’र्थ काम गर्ने इच्छा भएका व्यक्तिलाई राप्रपामा आउन र गलत स्वार्थ भएका व्यक्तिलाई अन्य पार्टीमा लाग्न आग्रह गरे ।

राप्रपा नेपालले बिहीबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय भेलामा बोल्दै उनले गल’त सोच भएका व्यक्ति पार्टीमा बस्न नसक्ने बताए । ‘ठुला दलहरू मिलेर देशको सम्पत्ति स्वाहा पार्दै छन्,’ अध्यक्ष लिङ्देनले भने, ‘राप्रपा देश बनाउने अभियानका साथ हिँडेको छ ।

कसैलाई भ्रष्टा’चार गर्ने मन भए कांग्रेस, एमाले, माओवादीमा लागे हुन्छ ।’ देश निर्माण गर्नका लागि आफूहरू आमाको कसम खाएर राजनीतिमा लागेको उनको भनाई छ ।

‘हामी भ्रष्टा’चार गर्दैनौं भनेर अरू कुनै पार्टीका नेताले आमाको कसम खानै सक्दैनन्,’ उनले भने, ‘किनकि उनीहरू अकुत सम्पत्ति कमाउने उद्देश्य लिएर राजनीति गर्दैछन्, राप्रपा देशको संस्कृति जोगाउन र देशमा विकास गर्न भनेर आएको पार्टी हो ।’

अध्यक्ष लिङ्देनले नेपाल हिन्दुराष्ट्रनै भएको जिकिर गरे । ८० प्रतिशत नेपाली अहिले पनि हिन्दु राष्ट्र हुनुपर्छ भन्दै आवाज उठाउने गरेको स्मरण गर्दै उनले अव हिन्दु भावना भएका सबैलाई समेटेर अघि बढ्ने बताए । ‘८० प्रतिशत नागरिकले हिन्दु धर्मलाई मान्दै आएका छन्,’ उनले भने, ‘त्यसैले नेपाल हिन्दु राष्ट्र नै हो, कसैको इसारामा आएको धर्म निरपेक्ष जनताले मानेका छैनन् ।’

उनले देशलाई सही दिशामा अघि बढाउन र नेतृत्व दिन राजसंस्था अपरिहार्य भएको दाबी गरे । विकसित देश (बेलायत, जापान) मा राजसंस्था हुँदा विकासले फड्को मारेको उनले बताए । ‘राप्रपाले संवैधानिक राजतन्त्र आउनुपर्छ भनेको छैन,’ उनले भने, ‘संविधान भित्र राजसंस्था पनि अटाउनु पर्छ भनेको छ ।’

राप्रपाका पूर्व अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले दलहरूले नेपालमा शासन गर्दा भ्रष्टाचार मौलाएको भन्दै त्यसलाई रोक्न राजसंस्था आवश्यक रहेको बताए । नेपाललाई हिन्दु राज्य कायम गर्न र राजसंस्था स्थापना गर्न आगामी निर्वाचनमा सबैले राप्रपालाई भोट दिनु पर्ने उनले बताए । -लेखा जोखा बाट

२०७८ पुष २४, शनिबार १९:३६ गते 1 Minute 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।