२०७९ श्रावण २४ मंगलवार

साउदीको एक कम्पनीले माग्यो नेपाली कामदार, मासिक तलब ७९ हजार !

काठमाडौं : साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको होपुप शहरमा रहेको कम्पनीले ५ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्नसहित ७९ हजार माथि पाउनेछ । इच्छुक कामदारले अमन ओभरसिस प्रालिको कार्यालय कालोपुर काठमाडौंमा पुष ३० गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ । -आजको अर्थ बाट

२०७८ पुष २४, शनिबार १९:५१ गते 1 Minute 666 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।