२०७९ श्रावण २४ मंगलवार

कतारमा १ हजार रियाल तलब बढ्यो, तर नेपालीले पाउने मात्रै १ हजार !

काठमाडौं : कतार सरकारले विदेशी श्रमिक तलब वृद्धि गरेको छ । कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो ।

यो र यस्तै प्रकृतिका समाचार एक हप्ता अगाडी नेपाली न्युज पोर्टलमा खुबै छायो , कतिले खुसी मनाए त कतिले रिस प्रकट गरे । कतारमै रहेका नेपालीहरुले यसको निकै बि’रोध मात्रै गरेरनन यो ज्युज फेक हो भनेर समेत प्रायले प्रतिक्रिया दिए ।

असलमा त्यहा रहेका नेपाली कामदारले पाएको औसत तलब भनेको मात्रै १ हजार वा त्यो भन्दा एक दुई सय हढी हो त्यो पनि तलब भन्दा पनि केही अय अलाउन्सले गर्दा एक हजार वा त्यो भन्दा बढी हुन गएको हो । केही राम्रा कम्पनी र सरकारको स्वामित्व रहेका कम्पनीहरुमा भने कतार

सरकारले भने अनुरुप नै तलब रहेको छ । एकै पटक एक हजार रियाल समेत थप भएका कम्पनी पनि नभएका होइनन् तर त्यो भन्दैमा सबै कम्पनीले त्यसरी नै तलब बढाएको भने होईन ।

के थियो तलब वृद्धिको समाचारमा हेर्नुस् !

नेपालस्थित कतारी दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा प्रतिमहिना एक हजार रियाल अर्थात् ३० हजार रुपियाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब एक हजार ८०० रियाल अर्थात् ५० हजार रुपियाँभन्दा बढी पुगेको जनाइएको छ ।

दूतावासका अनुसार अब खानबस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावा’री एक हजार रियल तलब दिनुपर्ने र यस्तो व्यवस्था नभएका रोजगारदाताले मासिक एक हजार ८०० रियाल दिनैपर्ने बाध्य’कारी व्यवस्था लागू गरेको छ ।

यसले कतारमा रहेका लगभग एक हजार रियालभन्दा कम पारिश्रमिक लिएर काम गरिरेका एक लाखभन्दा बढी नेपालीले लाभ लिनेछन् । कतारको श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नयाँ तलबमान व्यवस्था लागू भएपछि एक हजार रियालभन्दा कम पारिश्रमिक पाइरहेका तीन लाख

आठ हजार १४६ जनाले एक हजार ८०० रियाल पारिश्रमिक पाउन थालेका छन् । को’रोना महामा’रीको समयमा विदेशी श्रमिकलाई काम तथा आम्दानीमा कमी नहोस् भनेर कतार सरकारले अनलाइनमार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेब पोर्टल तयार गरेको छ ।

२०७८ पुष २४, शनिबार २१:४६ गते 1 Minute 462 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।