२०७९ श्रावण २४ मंगलवार

अब मलेसिया जान यसरी अनलाइनबाट भिसाको प्रोसेस गर्न सकिन्छ ।( भिडियो सहित)

जनवरी ८, क्वालालम्पुर : मलेसिया इमिग्रेशनले इ-भिसा अनलाइन प्रणाली आज बाट सुरु गरेको छ, मलेशिया छिर्न भिसा आवेदन अनलाइन बाट दिन सकिने भएको छ।

महामारी को कारण २ वर्ष देखी रोकिए को मलेशिया मा आउने विदेशी पर्यटक बिदेशी विधार्थी , विदेशी ब्यापारी र विदेशी स्वस्थ जचाउने बिरामी को लागि सजिलो हुने गरि

यो सिस्टम बनाएको इमिग्रेशन महानिर्देशक, दातुक इन्देरा खैरुल जैमी दाउदले बताउनु भयो। इ-भिसा अनलाइन प्रणाली एक महतोपूर्ण कदम रहेको जुन मलेशिया खोल्ने तयारी मा मदत गर्ने भएको जैमी दाउदले बताउनु भयो।

भिडियो !

थप समाचार : मलेसियामा सामाजिक सुरक्षाको ग्यारेन्टी भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाउने तयारी भएको छ। नेपालस्थित वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा संस्था (सोसल सेक्युरिटी अर्गनाइजेसन) बीच नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षाको दायराभित्र समेट्ने गरी सम्झौता भइसकेको छ।

सोही व्यवस्था कार्यान्वयनको तयारी सुरू भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। मलेसियाको सोसल सेक्युरिटी अर्गनाइजेसन (सोक्सो) सँग थप छलफल गरिने र छलफलपछि सामाजिक सुरक्षा व्यवस्था भएका कम्पनीमा मात्रै नेपाली श्रमिक पठाइने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।

२०७८ पुष २४, शनिबार २२:२२ गते 1 Minute 353 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।