२०७९ श्रावण २४ मंगलवार

भारी हिमपातमा हजारौं पर्यटक फसे, २१ जनाको मृ’त्यु, १० जना कारभित्रै जमे !

जनवरी ९, पाकिस्तान : पाकिस्तानको पन्जाबको पहाडी क्षेत्र मु’र्रीमा भएको भारी हिमपातको कारण हजारौं पर्यटकहरु बीच बाटोमै फ’से । जसमा सवारीको संख्या मात्र १००० बढी रहेको बताइएको छ ।

बिबिसीको रिपोर्ट अनुसार, शनिवार भएको यो घटनाको कारण १० बच्चा सहित २१ को मृ’त्यु भएको छ । मृत्यु हुनेहरुमध्ये कम्तिमा १० जनाको मृ’त्यु कारमा बस्दा-बस्दै जमेर भएको हो । कारमा बस्दाबस्दै मृ’त्यु भएको भिडियोको द’र्द’नाक दृष्य सहितको भिडियो सामाजिक संजालमा भाइरल भईरहेको छ ।

स्थानीय संचारमाध्यमहरुको अनुसार मृ’त्यु हुनेहरुमा एक प्रहरीकर्मी, उनकी श्रीमती र ६ जना बच्चा समेत रहेका छन् । साथै अर्को एक परिवारको पनि ५ जना सदस्यको मृ’त्यु भएको खबर छ । एक पर्यटक उस्मान अब्बासीले फोनमा बताए अनुसार त्यहाँको अवस्था भयानक छ । हिमपातका कारण पर्यटकहरुको सवारी सडकमै फसेको र सो क्रममा हजारौं सवारीहरु जाममा फसेको छ ।

त्यस क्रममा भारी हिमपात भएको बताइएको छ ।
रिपोर्ट अनुसार सबै मानिस उक्त स्थानमा हिमपातको आनन्द लिन त्यहाँ पुगेका थिए, तर शनिवार फर्कने क्रममा सडकमै फसेका हुन् ।

पाकिस्तानका गृहमंत्री शेख राशिदका अनुसार, मुर्रीमा यो स्थिति आउनु अघि पछिल्लो केहि दिन यता १ लाख भन्दा बढी पर्यटक सवारीहरु पुगेका थिए । पाकिस्तानको राजधानी इस्लामाबादबाट उत्तरमा पर्ने मुर्री समुन्द्र सतहदेखि करीब ७५०० फिटको ऊंचाईमा अवस्थित छ ।

यसलाई १९ औं सताव्दीमा ब्रिटिश सेनाले आफ्नो मेडिकल बेसको रुपमा प्रयोग गरेको थियो । पहाडी क्षेत्र भएको कारण पर्यटकहरुको रक्षाको लागि पाकिस्तानी सेनाले रेस्क्यू अपरेशन गरिरहेको छ । तर उनीहरुलाई उक्त स्थानबाट पर्यटकको रे’स्क्यू गर्न धेरै समस्या भईरहेको छ।

हिमपातको कारण बाटोमा चिसोबाट जुधीरहेका पर्यटकहरुलाई कारबाट निकालेर सरकारी भवन तथा स्कूलमा पुर्याइदै छ । जहा स्थानीयहरुले ओड्ने कम्वल र खाना उपलब्ध गराएका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हिमपातको

कारण मृत्युको खबरलाई लिएर दु:ख व्यक्त गरेका छन् । इमरानले सामाजिक संजालमा भनेका छन्- मौसमको जानकारी नलिई ठूलो संख्यामा पर्यटकहरु त्यहाँ पुग्नु र भयानक हिमपातबाट जुध्न परेकाले स्थानीय निकायको पर्याप्त तयारी थिएन । यसको अनुसन्धान हुँदैछ ।’-एजेन्सी

२०७८ पुष २५, आईतवार ०८:२० गते 1 Minute 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।