२०७९ श्रावण २८ शनिबार

नौ हजार श्रमिक कोरिया जाने बाटो खुल्यो, सातामा दुई सय जना पठाइँदै !

काठमाडौं : दुई वर्षदेखि प्रतीक्षामा बसेका नेपाली कामदार दक्षिण कोरिया जान थालेका छन्। को’रोना महामा’रीका कारण २०७६ फागुनदेखि कोरियामा श्रमिक जान पाएका थिएनन्।

कोरो’नाको कह’र कम भएसँगै कोरिया सरकारले नयाँ कामदार लैजान सुरु गरेको हो। प्रतिबद्ध (पहिला गएर फर्किएका) कामदारलाई भने गत कात्तिकदेखि जान थालेका थिए। कोरियाले केही दिनअघिदेखि नयाँ कामदारलाई प्रवेश अनुमति दिएको छ।

कोरियाले अब प्रत्येक साता श्रमिक लैजाने प्रतिबद्धता गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। सोहीअनुसार दुई वटा उडानमार्फत सयभन्दा बढी श्रमिक नयाँ श्रम भिसामा कोरिया पुगिसकेका छन्। विभागका अनुसार अवस्था सामान्य रहेका सातामा करिब दुई सयजना श्रमिक कोरिया जान पाउनेछन्।

२० महिनापछि नेपाली श्रमिक कोरिया जाने प्रक्रिया १० कात्तिकबाट सुरु भएको थियो। पहिलो चरणमा ४८ जना कमिटेड श्रमिक कोरिया उडेका थिए। दोस्रो चरणमा मंसिर ८ गते ८१ जना कोरिया गए।

तेस्रो चरणमा मंसिर २७ गते १ सय २२ जना श्रमिक कोरिया पुगेका छन्। तीमध्ये नयाँ ४६ र ७६ जना कमिटेड छन्। चौथो चरणमा पुस ७ गते १ सय ३८ जना, जसमा कमिटेड ४९ र नयाँ कामदार ८९ जना र पाँचौं चरणमा पुस १९ गते १६९ कोरिया उडेका छन्।

जसमा कमिटेड ९६ र नयाँ कामदार ७३ जना नेपाली कामदार कोरिया उडेका छन्। अब कोरिया कामदार पठाउने विषयमा रहेको अन्योलता अन्त्य भएको छ। नियमित प्रक्रियाबाट जाने प्रतीक्षामा रहेका नौ हजार युवालाई हामी पालैपालो कोरिया पठाउनेछौं।

कोरियामा पाँच वर्षसम्म एउटै रोजगारदाताकहाँ काम गरेर फेरि त्यहीं काम गर्न जाने गरी फर्किएका कामदारलाई प्रतिबद्ध (कमिटेड) श्रमिक र भाषा परीक्षा पास गरेर श्रम कारर कुरिरहेकालाई ‘नियमित श्रमिक’ भन्ने गरिन्छ।
नियमित र प्रतिबद्ध गरेका करिब नौ हजार जना श्रमिक

कोरिया जान पाउने आसमा पालो कुरिरहेका छन्।
कोरियाले मंसिरदेखि नयाँ श्रमिकलाई लैजान थालेको विभागका महानिर्देशक दीपक काफ्लेले बताए। ‘अब कोरिया कामदार पठाउने विषयमा रहेको अन्योलता अन्त्य भएको छ। नियमित प्रक्रियाबाट जाने प्रतीक्षामा रहेका नौ हजार युवालाई हामी पालैपालो कोरिया पठाउनेछौं’, उनले भने।

२०७८ पुष २५, आईतवार ०८:३२ गते 1 Minute 232 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।