२०७९ जेष्ठ ५ बिहीबार

नेपाली सेना डेढ वर्षमा सलीसल्ला भीर छिचोल्न सफल, हुम्ला बासीलाई निकै राहत मिल्ने ।

राजन रावत
हुम्ला : कर्णाली क’रिडोर अन्तर्गत हुम्ला खण्डको अ’सजिलो क्षेत्र सलीसल्ला भीर नेपाली सेना छिचो’ल्न सफल भएको छ । अप्ठ्या’रो र च’ट्टानी क्षेत्र रहेको उक्त भीर नेपाली सेनाले डेढ वर्षको अवधिमा छि’चोल्न सफल भएको हो ।

निक्कै असजिलो र चट्टा’नै च’ट्टान भएको क्षेत्र सलीसल्लाको भीर फु’टाएर सडक निर्माण गर्न नेपाली सेना सफल भएको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष क’र्णजंग शाहीले बताउनुभयो । उक्त भीर छिचोलिएसँगै अब सर्केगार्ड गाउँपालिका पनि रा’ष्ट्रिय सडक सञ्जालसँग जोडिने क्रममा रहेको उहाँले बताउनुभयो ।

नेपाली सेनाले कालिकोटको खुलालुदेखि लैफु क’वाडी हुँदै सलीसल्ला खण्डको १२३ किलोमिटर क्षेत्रमध्ये सबैभन्दा असजिलो र चट्टा’नी भागलाई नेपाली सेनाको बिकास निर्माण दल छिचोल्न सफल भएको उक्त खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले बताउनुभयो । च’ट्टानको लेवल मिलाउने, गा’ह्रो लगाउने, ग्याबिन भर्ने काम समेत सुरु भएको उहाँले बताउनुभयो । जुन क्षेत्रमा सेनाले मापद’ण्ड पूरा गर्ने कार्य हाल गरि रहेको उहाँले बताउनुभयो ।

सेनाले निक्कै कष्ट र मिहेनेतका साथ रात दिन नभनी जनशक्ति, मे’शिन र बि’ष्फोट गर्ने कार्य लगातार गरेर भीर छिचोल्न सफल भएको उहाँले बताउनुभयो । भीर छिचोलिएपछि सेनाले मेशिन पनि भीर पार गरेर सलीसल्लामा काम गर्ने क्षेत्रमा ल्याएको छ ।

छ सय मिटर लम्वाइ भएको उक्त भीरमा वि’ष्फोटका लागि कामदारले शरिरमा डो’री बाँधेर भीमा काम गरेको उहाँले बताउनुभयो । बीस मिटर अग्लोबाट चट्टा’नलाई वि’ष्फोट गरेर सडक निर्माण गरिएको छ । उहाँले अब असजिलो भीरमा ट्रयाक खोल्ने कार्य पूरा भएकोले सेना आफ्नो जिम्माको काम सम्पन्न गर्ने कार्यको नजिक पुगेको बताउनुभयो ।

सेनाले सलीसल्ला भीरमा काम गर्न निक्कै कठिन रहेको बताउँदै आएको थियो । माथि भीर र तल क’र्णाली नदीमा काम गर्ने जो’खिम कामदारलाई थियो । तर सहजै रुपमा काम सम्पन्न गर्न सेना सफल भएको उहाँले बताउनुभयो ।अबको केही समयपछि सेनाले गाडी गु’डाउने जनाएको छ ।

कर्णाली क’रिडोर अ’न्र्तगत कालिकोटको खुलालु देखि हुम्लामा सलीसल्ला क्षेत्रसम्मको कुन सडकमध्ये कालिकोटमा ४०, बाजुरामा ४४ र हुम्ला जिल्लाको २७ किलो मिटरमा सडक निर्माण कार्य पूरा भएर यातायात स’ञ्चालन हुँदै आएका छन् । हुम्ला खण्डको बालुकुनाबोट सलीसल्लासम्मको १२ किलो

मिटरमा सेनाले अन्तिम चरणको निर्माण कार्य गरिरहेको छ ।
सो क्षेत्रमा चैत्रभित्र ट्र’याक खोल्ने कार्य पूरा गर्ने र असारसम्म गाडी गुडाउन योग्य बनाइने सेनाले जनाएको छ । यसअघि सेना सडक निर्माण कार्य पूरा गरेपछि दक्षिणी हुम्लाका दुई वटा ताँजाकोट र अदानचुली गाउँपालिका रा’ष्ट्रिय सडक सञ्जालसँग जोडिएका थिए ।-गोरखापत्र अन्लाईन बाट

२०७७ चैत्र ९, सोमबार २१:२२ गते 1 Minute 941 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।