२०७८ माघ ११ मंगलवार

अमेरिकामा ग्रिनकार्ड र नागरिकता लिने नेपाली डेढलाख पुगे !

न्युयोर्क : आर्थिक बर्ष २०२० मा ७ हजार ८ सय ४७ नेपालीले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सफल भएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार उनीहरुले

सन् २०१९ को अक्टोबर १ देखि सन् २०२० को सेप्टेम्बर ३० सम्म अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका हुन् । आर्थिक बर्ष २०२० मा क्यालिफोर्नियामा ८३२ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरे भने कोलोराडोमा ३२५ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरे ।

मेरिल्याण्डमा ४०२ जनाले र मा’साचुसेट्समा ३८० जना नेपालीहरुले यो बर्ष ग्रिनकार्ड प्राप्त गरेको तथ्यांकमा उल्लेख छ । न्युयोर्कमा ७२७ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरेका छन् ।ओहायोमा ५४२ जना र पेन्सिलभेनियामा ३४९ जना नेपालीहरुले आर्थिक बर्ष २०२० मा ग्रिनकार्ड प्राप्त गरेका छन् ।

सबैभन्दा धेरै टेक्सासमा १०९४ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका छन् । जसमध्ये टेक्सासको डलास, फोर्टवर्थ र आर्लिंगटनमामात्र ७०३ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरेका छन् ।

त्यस्तै भर्जिनियामा ५४१ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरेको तथ्यांकमा उल्लेख छ ।आर्थिक बर्ष २०२० मा ग्रिनकार्ड पाउने नेपालीहरुमा सबैभन्दा धेरै श’रणार्थीका रुपमा २७०५ जना रहेका छन् दोश्रोमा अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्ष मुनीका छोराछोरी र बाबुआमा १७९१ जनाले ग्रिनकार्ड प्राप्त गरेका छन् ।

रोजगारमा आधारित ग्रिनकार्ड पाउनेहरु १७४९ र डिभीमा आधारित ग्रिनकार्ड पाउनेहरु १७४३ रहेका छन् । विगतको १० बर्षको तुलना गर्दा आर्थिक बर्ष २०२० मा सबैभन्दा कम नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका छन् ।

आर्थिक बर्ष सन् २०१९ मा १० हजार २ सय १ जना नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए भने सन् २०१८ मा ११ हजार ९ सय ५३ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । -खसोखास

२०७८ पुष २६, सोमबार १०:१५ गते 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार