२०७८ माघ ११ मंगलवार

सीमामा कडाई, उडान स्थगित हुनसक्ने !

काठमाडौं, २३ पौष : को’रोना भाइर’सको नयाँ प्रजाति ओमि-क्रन भित्रिएपछि त्रास बढेको छ । कोरोना संक्र-मित ह्वात्तै बढेका छन् । विद्यालय तहमा समेत को’रोना संक्र-मण फैलिएको छ ।

यसलाई दृष्टिगत गरी सरकारले उच्च सतर्कता अपनाउने गरी कदमहरु चाल्न थालेको छ । आज को-भिड १९ सं-कट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समिति (सीसीएमसीसी) को बैठक सिंहदरबारमा बसेको छ ।

बेठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । जसमा उडान सुरक्षा, सीमामा कडाईको विषय पनि थियो । प्रधानमन्त्रीले खोप अभियानबारे पनि जानकारी लिएका थिए । खोपको अवस्था र बुस्टर डोजबारे स्वास्थ्यमन्त्री वि-रोध खतिवडाले जानकारी गराएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकाहरुमा भएका व्यवस्थापनहरुबारे जानकारी गराएका थिए । सीमानाकाबाट आवतजावत् गर्नेहरुको पीसीआर र एन्टिे-जन टेष्टको दाय-रा

बढाउने निर्णय समेत भएको गृहमन्त्री खाँणले जानकारी दिएका छन् । सीमा नाकामा कडाई गर्नेबारे छलफल भएको स्वास्थ्यमन्त्री वि-रोध खतिवडाले बताए । होल्डिङ सेन्टरको क्षमता वृद्धि गरेकोबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा सीमा नाका बन्द देखि उडान स्थगित बारे समेत कुरा उठेको थियो । आवश्यक पर्दा त्यसका लागि समेत तयार रहनेबारे छलफल भएको बुझिएको छ । कोरोना यसरी नै बढ्दै गएमा सीमानाका बन्द देखि उडान स्थगित हुने सम्मको निर्णय लिइने गरी सरकारले तयारी गरेको विश्वस्त स्रोतले बतायो ।- रिपोर्टस नेपाल

२०७८ पुष २६, सोमबार १३:२० गते 1 Minute 367 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार