२०७८ माघ ११ मंगलवार

बधाई ! बलिउड फिल्ममा डेब्यु गर्दै विपिन कार्की ।

काठमाडौं : भर्स’टाइल अभिनेता विपिन कार्कीले ‘एनिमल’ फिल्मबाट बलिउडमा डेब्यू गर्ने भएका छन् । यो फिल्ममा अभिनेता विपिनले बलिउडका सुप’रस्टार अनिल कपुरसँग स्क्री’न शेयर गर्ने भएका छन् ।

अभिनेता विपिनलाई उनको फिल्म ‘सेल्फी किङ्ग’को अभिनय हेरेर बलिउड फिल्म ‘एनिमल’मा अफर गरिएको बताइएको छ । यो फिल्ममा अनिल कपूरसँगै रणवीर कपूरको पनि मुख्य भूमिकामा रहनेछन् ।

विपिनका अनुसार ‘एनिमल’का लागि निर्माण टिमले उनलाई अग’ष्टमा मुम्बई बोलाएकाे छ । अभिनेता विपि’नलाई केही दिन अगाडि मात्रै निर्देशक सन्दीपका भाई प्रणय रेड्डीले फोन गरेर फिल्मका लागि प्रस्ता’व गरेको बताइएको छ ।

निर्देशक सन्दीपसँग विपिनलाई जोड्ने काम ‘सेल्फी किङ्ग’ निर्देशक विशाल सापकोटाले गरेका हुन् । विशालले सन्दीपको निर्देशनमा बनेको ‘अर्जुन रेड्डी’को नेपाली भर्स’नलाई ए’क्शन–कट गर्दै छन् । त्यसोत, ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कवीर सिंह’ थियो ।

२०७८ पुष २९, बिहीबार ०४:३६ गते 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार