२०७८ माघ ११ मंगलवार

नेपाली नर्सलाई बेलायतमा रोजगारी, भोलिदेखि औप-चारिक वार्ता हुने !

काठमाडौँ : भोलि शुक्रबारदेखि नेपाली न’र्सलाई बेलायतमा रोज’गारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औप’चारिक वार्ता शुरु हुने भएको छ । नेपाल र बेलायत सरकारले गठन गरेको वा’र्ता टोलीले शुक्रबारदेखि औप’चारिक रुपमा न’र्स

बेलायत लैजानेबारे छलफल गर्न लागेका हुन् । बेलाय सरकारले एक पत्र पठाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुबै पक्षबाट का’र्यदल बनाएर वार्ता अघि बढाउन बेलायत सरकारलाई प्रस्ताव गरेको थियो । त्यसैअनुसार बेलायतले नेपालस्थित दूताबासका एक अधिकारीको

नेतृत्वमा वार्ता टोली बनाएको छ । नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन् । मन्त्रालयका प्रवक्ता डन्डु’राज घिमिरेका अनुसार यो टोलीले द्विप’क्षीय रुपमा गर्ने छलफलबाट नेपाली नर्सलाई बेलायतमा मिल्ने अवसर र भर्ति प्रक्रियाबारे सबै तय हुनेछन् । ‘यही वा’र्ता टोलीले आवश्यक छलफल गरेर आवश्यक परेमा सम’झदारीपत्र

(एमओयू)को मस्यौ’दा पनि तयार गर्नसक्छ,’ उनले भने ।
बेलायतसँग क’रार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधिसहितका प्रक्रिया बारेमा छलफल हुने छ । वार्ता सफल भएमा बेलायतले नेपालबाट चरण’वद्ध रुपमा नर्सहरु लैजाने छ ।

बेलायतले अनौ’पचारिक छलफलमा आफ्ना न’र्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लि’ङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ता’व गरेको थियो । बेलायत सरकारले औ’पचारिक पत्र का’टेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्रा’म’अन्तर्गत अवसर दिन चाहेको बताएको थियो ।

२०७८ पुष २९, बिहीबार १६:३५ गते 1 Minute 132 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार