२०७८ माघ ११ मंगलवार

अस्ट्रेलियामा अब स्टुडेन्ट भिसामा गएकाहरुले जति पनि काम गर्न पाउने !

काठमाडौँ : को’रोनाका कारण कामदार अभा’व हुँदै गएपछि अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि लगाइएको काम गर्ने समयको प्रति’बन्ध हटाएको छ ।

बुधबार सरकारले गरेको निर्णय अनुसार विद्यार्थी भिसामा रहेकाहरूले अब जति घण्टा काम गरे पनि हुने भएको हो ।
प्रधानमन्त्री स्क’ट मोरिसनले भनेका छन्, ‘विद्यार्थी भिसावालामाथी लगाएको २० घण्टे कामको प्रति’बन्ध

सरकारले हटाएको छ ।’ यो निर्णयसँगै अब विद्यार्थी भिसावालाले अष्ट्रेलियामा हप्ताको २० घण्टाभन्दा बढी समय काम गर्न पाउने भएका छन् । यसअघि सरकारले स्वास्थ्य, एज’केयर, कृषि, सुपर मार्केट र होटल तथा रेष्टुरेन्ट क्षेत्रमा मात्र विद्यार्थीको काम गर्ने समय सीमा हटाएको थियो ।

को’भिडको समयलाई ध्यान राखेर गरिएको यो निर्णय सधैको लागि भने होइन । अवस्था समान्य हुदै गएपछि विद्यार्थीका लागि यसअघिकै काम सम्बन्धी प्रति’बन्धहरू पुनः लागू हुनसक्ने बताइएको छ ।

थप समाचार : पश्चिमी वायुको प्र’भावले आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्र’भावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आं’शिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ । त्यस्तै माघ १ गते प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक बद’ली रही प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वा’नुमान महाशाखाले जनाएको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेता’वनी तथा परामर्श जारी गर्दै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसो’बाट बच्न र त्यसको प्र’भावबाट जो’गिन आवश्यक सुरक्षा तथा सतर्क’ता अपनाउन सबैमा अनुरोधसमेत गरेको छ ।

मौसम पूर्वा’नुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव छ डिग्री र अधिकतम ताप’क्रम १६ दशमलव पाँच डि’ग्री सेल्सि’यस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव चार डि’ग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २२ दशम’लव आठ डिग्री सेल्सियस रहेको छ ।

२०७८ पुष ३०, शुक्रबार १६:१० गते 1 Minute 673 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार