२०७८ माघ ११ मंगलवार

साउदी दूतावास भन्छ : राम्रो जागिर पाइने लोभमा भइरहेको काम नछोड्नुहोस् !

जनवरी १४, रियाद : साउदी अरबको रियादस्थित नेपाली दूतावासले राम्रो जागिर पाइने लोभमा भइरहेको काम नछोड्न आग्रह गरेको छ। पछिल्लो समय केही नेपाली बि’चौलीयाहरुले श्रमिकलाई सम्पर्क गरी आकर्षक रोजगारीको प्रलो’भन देखाएर

ठ’ग्ने गरेका गु’नासो बढेपछि दूतावासले सचेत रहन आग्रह गरेको हो। भर्खरै आवासीय अनुमतिपत्र (इ’कामा) बनाएका श्रमिकलाई उनीहरुले खाइपाइ आएको तलबभन्दा बढी दिने प्र’लोभन देखाइ रोजगारी छोड्न प्रे’रित गर्ने गरेको पाइएको दूतावासले जनाएको छ।

यसरी कम्पनी छोडेर भाग्नु गैर’कानूनी भएको जनाउँदै लोभमा परी त्यसो नर्गन दूतावासले आग्रह गरेको छ। ‘कम्पनी छोडेर भाग्नु गैर’कानूनी र अनै’तिक हो भने त्यस्ता कामदार भगाउनु अप’राध हो,’ दूतावासले विज्ञ’प्ति जारी गर्दै भनेको छ। यस्ता किसिमिका अवै’ध क्रियाकलापबाट साउदी अरबका रोजगारदाताले

नेपालीलाई हेर्ने दृष्टि’कोण नै फरक हुन थालेको दूतावासको भनाइ छ । यसरी एउटा कम्पनीको परिचयपत्र (इकामा) लिएर भाग्ने प्रवृत्तिलाई निरु’त्साहित गर्न कामदारलाई सचेत गराइदिन साउदीका सम्बन्धित अधिकारीले दूतवासलाई अनुरो’ध गरेको

विज्ञप्तिमा उल्लेख छ। कामदार भगाउनेलाई साउदीले मानब तस्क’रीको अप’राधमा हेर्ने र यस्ता व्यक्तिहरुको साउदीका अधिकारीले सूक्ष्म हिसाबले खोजी गरिरहेको बताउँदै सचेत रहन दूतावासले आग्रह गरेको छ।

यस्तै यस्ता किसिममा अप’राधमा संग्लन व्यक्तिबारे भर’पर्दाे सूचना भएमा नजिकको प्रह’री वा दूतावा’समा जानकारी गराइ सहगोग गरिदिन विज्ञप्ति’मार्फत आग्रह गरिएको छ।

यसैगरी अ’वैध रुपमा काम गर्दा बि’रामी पर्दा सहयोग नपाइने, दुर्घ’टना भइ घा’इते भएमा उप’चार र क्ष’त्तिपूर्ती नपाइने तथा केही गरी ज्यान गएमा नेपालमा श’व समेत पठाउन गाह्रो हुने बताउँदै क्षणि’क प्रलो’भनमा परी गरिरहेको काम नछोड्न दूतावासले सचेत समेत गराएको छ।

प्रवास खबरलाई प्राप्त जानकारी अनुसार पछिल्लो समय साउदीमा एजे’ण्टहरुले विभिन्न लोभ देखाइ श्रमिकलाई गर्दै आएको कम्पनीबाट भगाउने र पछि आफूहरुले काममा लगाउने प्रवृत्ति बढेको छ। यसरी भागेर काम गर्दा श्रमिक झन जो’खिममा पर्ने गरेका छन्।

‘राम्रो काम पाइने लो’भमा कम्पनी छोडेका हुन्छन्।यसरी भाग्नेलाई दला’लले आफै काममा लगाउँछन्। एक पैसा नदिइ नि : शुल्क काम गराउँछन्,’ श्रोतले भन्छन्, ‘तलब माग्दा उल्टै गा’ली गरेर प्र’हरी बोलाइदिन्छुभन्ने डर ध’म्की दिने गर्छन्। यसरी दला’लको चक्क’रमा परेर धेरै श्रमिक अल’पत्र परेका छन्।’ -प्रवास खबर बाट

२०७८ पुष ३०, शुक्रबार १६:२४ गते 1 Minute 577 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार