२०७८ माघ ११ मंगलवार

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ !

काठमाडौँ : आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य साव’धानीमा क’डाइ गरिएको छ । को’भिड–१९ महामा’रीको जो’खिम निय’न्त्रणका लागि विमानस्थलले स्वास्थ्य मापद’ण्डको

पूर्णरूपमा पालना गर्दै विमानस्थल प्रवेश गर्ने ‘भिजिटर’लाई कडाइ गरेको हो । अन्तरराष्ट्रिय उडानमा जाने यात्रुलाई बिदाइ वा स्वागतका लागि जाने भिजिटर पासमा कडाइ गरिएको छ । अत्यावश्यकलाई मात्रै त्यस्तो पास दिइने गरिएको छ ।
विमानस्थलका महाप्रबन्धक बोलाप्रसाद गुरागाईँले को’भिड

महामारीको सम्भा’वित जो’खिम निय’न्त्रणका लागि भिजिटर पासमा कडाइ गरी स्वास्थ्य मापद’ण्ड पालनालाई प्रभा’वकारी बनाइएको बताउनुभयो । “विमानस्थलमा जाने भिजिटरको पास पूर्ण बन्द गरिएको होइन, अत्यावश्यकबाहेकलाई प्रवेशमा कडाइ गरिएको हो, यसले केही हदसम्म विमानस्थलमा भी’डभाड कम हुने र महामा’रीको जो’खिम पनि कम हुने अपेक्षा गरिएको छ ।”

पछिल्ला दिनमा निरन्तर को’भिडका सङ्क्र’मित बढिरहेका छन् । प्रतिकूल मौसमका कारण उडान सामान्य प्रभावित हुँदा विमानस्थलमा यात्रुहरुको भीड लाग्ने गरेको विमानस्थलले जनाएको छ ।

यस्तो समस्या अहिले आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडानमा भएको छ । आन्तरिकतर्फ विशेषगरी हिमाली र तराईका कतिपय विमानस्थलमा बिहान उडान ढिलो हुँदा विमानस्थलको टर्मि’नलमा यात्रु खचाखच हुने गरेको छन् । भीडभाड बढेपछि विमानस्थलले स्वास्थ्य मापद’ण्ड पालनामा कडि’कडाउ गरेको छ ।

मास्क अनिर्वाय, स्यानि’टाइजरको प्रयोग र दूरी कायम गर्न विमानस्थलले कर्मचारी तथा यात्रु वर्गमा अनुरोध गरेको छ ।
त्रिअविबाट हाल आन्तरिकतर्फ १० हेलिको’प्टरसहित १९ वायुसेवा कम्पनीले उडान सेवा दिइरहेका छन् भने अन्तरराष्ट्रियमा दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

विमानस्थलका महाप्रबन्धक गुरागार्इँका अनुसार अन्तरराष्ट्रियमा १७ वटा नियमित र बाँकी चार्टर्ड गरी दैनिक २५ देखि ३० उडान हुने गरेका छन् । दुवैतर्फ गरी ५० देखि ६० उडान हुने गरेको छ । त्यस्तै आन्तरिकमा दैनिक ३०० हाराहारी उडान हुने गरेको छ । को’भिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप आगामी माघ ७ गतेदेखि

विमानस्थलमा पुग्ने यात्रुलाई अनिवार्यरुपमा को’भिडविरु’द्धको खोप लगाएको कार्ड साथमा संलग्न हुने व्यवस्था मिलाउने निर्णय गरेको थियो । अन्तरराष्ट्रिय उडानका यात्रुले ७२ घण्टे पिसीआर नेगे’टिभ रिपो’र्ट देखाउनुपर्ने हुन्छ । आन्तरिक उडानको हकमा माग ७ गतेदेखि हवाई यात्रुले खोप कार्ड देखाएर मात्रै हवाईयात्रा गर्न पाउनेछन् ।

को’भिड सङ्क्र’मण बढेसँगै विमानस्थल कार्यालयले पुस २७ गते विज्ञप्ति जारी गर्दै अति जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको जनाएको थियो । विमानस्थलमा भीडभाड हुने भएकाले जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउनसमेत सर्वसाधारणमा अनुरोध गरेको छ । हवाईयात्राका दौरानसमेत आवश्यक मापद’ण्ड पालना गर्न आग्रह गरेको छ ।

यता अध्यागमन विभागले पनि अत्यावश्यक नपरेसम्म विदेश यात्रा नगर्न सबैमा अनुरोध गरेको छ । विभागले पुस २८ गते ट्राभल एडभाइजरी जारी गर्दै नयाँ भेरि’यन्टको सङ्क्र’मणको जोखि’म भएका मुलुकहरूमा नेपालबाट यात्रा गर्ने योजना बनाएका व्यक्तिहरूले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्न अनुरोध गरेको हो ।

२०७८ पुष ३०, शुक्रबार १६:४० गते 1 Minute 224 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार