२०७८ माघ ११ मंगलवार

मलेसिया यात्राको लागी MySejahtera एप मोवाइलमा अनिवार्य हुनुपर्ने !

क्वालालम्पुर : मलेसियाको यात्रा गर्नेहरुले अनि’वार्य रुपमा MySejahtera एप मोवाइलमा डाउनलाृड गर्नुपर्नेछ । यसैगरी स्वास्थ्य सम्वन्धि फर्म भनें, मलेसियामा उत्रिएपछि एण्टी’जेन टे’ष्ट गर्नुपर्नेछ ।

मलेसियाले खोपको पूर्ण मात्रा लगाएका र हालै को’भिड १९ सं’क्रमण भएर सं’क्रमण मुक्त भएकाहरुलाई सहजै मलेसिया प्रवेश गर्न दिने निर्णय गरेको छ । खोपको पूर्ण मात्रा नलगाई मलेसिया प्रवेश गर्नेहरुले भनें तोकिएको क्वारे’ण्टीनमा एकसाता

अनिवार्य रुपमा बस्नुपर्ने स्वास्थ्य मन्त्री खाईरीले जनाएका छन् । त्यस्ता व्यक्तिहरुले अनिवार्य रुपमा क्वारे’ण्टीन बस्नु पर्ने छैन । मलेसियाले यो व्यवस्था जनवरी १३ विहिवार देखि लागु गर्ने जनाएको छ । मलेसियाका स्वास्थ्य मन्त्री खाइरी जमा’लुद्दिनले एक विज्ञप्ती जारी गर्दै मलेसिया प्रवेश गर्न चाहनेहरुले आफू

आएको मुलुकबाट को’भिडको सं’क्रमण मुक्त भएको वा खोपको पूर्ण मात्रा लगाएको कागजात साथमा लिएर जानु पर्ने जनाएका छन् । खोपको पूर्ण मात्रा लगाएका बाहेक

पछिल्लो ११ देखि ६० दिन भित्र को’भिड १९ को संक्र’मण मुक्त भएको प्रमाण पेश गरेमा पनि क्वा’रेण्टीन बस्नु पर्ने छैन । स्वास्थ्य मन्त्रालयले को’भिड भएर अस्पताल भर्ना भएकाहरुले यात्राका लागि सक्षम भन्ने जनाउने कागजात पेश

गर्नुपर्ने जनाएको छ । को’भिड भएर घरैमा बसेर सं’क्रमणमुक्त भएका वा आइसो’लेसनमा बसेकाहरुले भनें मलेसियाको उडान हुनु दुई दिन अगाडी ए’ण्टिजेन टे’ष्ट गरेको र रिपोर्ट नेगेटी’भ हुनु पर्नेछ ।

२०७८ पुष ३०, शुक्रबार १७:५४ गते 1 Minute 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार