२०७८ माघ ११ मंगलवार

खोपको लगाएका र हालसालै को-भिड संक्र’मणमुक्त भएकाहरुलाई मलेसिया प्रवेशमा सहज !

क्वालालम्पुर : मलेसियाले खोपको पूर्ण मात्रा लगाएका र हालै को-भिड १९ संक्र-मण भएर संक्र-मण मुक्त भएकाहरुलाई सहजै मलेसिया प्रवेश गर्न दिने निर्णय गरेको छ ।

त्यस्ता व्यक्तिहरुले अनिवार्य रुपमा क्वा-रेण्टीन बस्नु पर्ने छैन । मलेसियाले यो व्यवस्था जनवरी १३ विहिवार देखि लागु गर्ने जनाएको छ । मलेसियाका स्वास्थ्य मन्त्री खाइ’री जमालुद्दिनले एक विज्ञप्ती जारी गर्दै मलेसिया प्रवेश गर्न चाहनेहरुले आफू

आएको मुलुकबाट को-भिडको सं-क्रमण मुक्त भएको वा खोपको पूर्ण मात्रा लगाएको कागजात साथमा लिएर जानु पर्ने जनाएका छन् । खोपको पूर्ण मात्रा लगाएका बाहेक पछिल्लो ११ देखि ६० दिन भित्र को-भिड १९ को सं-क्रमण मुक्त भएको प्रमाण पेश गरेमा पनि क्वारेण्टीन बस्नु पर्ने छैन ।

स्वास्थ्य मन्त्रालयले कोभि-ड भएर अस्पताल भ’र्ना भएकाहरुले यात्राका लागि सक्षम भन्ने जनाउने कागजात पेश गर्नुपर्ने जनाएको छ । को-भिड भएर घरैमा बसेर संक्र-मणमुक्त

भएका वा आइसो-लेसनमा बसेकाहरुले भनें मलेसियाको उडान हुनु दुई दिन अगाडी एण्टि-जेन टेष्ट गरेको र रिपोर्ट नेगे-टीभ हुनु पर्नेछ । खोपको पूर्ण मात्रा नलगाई मलेसिया प्रवेश गर्नेहरुले भनें तोकिएको क्वा-रेण्टीनमा एकसाता अनिवार्य रुपमा

बस्नुपर्ने स्वास्थ्य मन्त्री खाईरीले जनाएका छन् । यसैगरी मलेसियाको यात्रा गर्नेहरुले अनिवार्य रुपमा MySejahtera एप मोवाइलमा डाउन-लाृड गर्नुपर्नेछ । यसैगरी स्वास्थ्य सम्वन्धि फर्म भनें, मलेसियामा उत्रिएपछि एण्टी-जेन टेष्ट गर्नुपर्नेछ ।

२०७८ पुष ३०, शुक्रबार २२:५८ गते 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार