२०७९ आश्विन २१ शुक्रबार

साउदीले दियो नपाललाई यति ठुलो खुशी ! फुटबलको विकास सहयोग संबन्धि सम्झौतापत्रमा हस्ताक्षर !

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबिया फुटबल फेडेरेसन (साफ) बीच नेपाली फुटबलको वृहत्तर विकासका लागि सम्झौता भएको छ ।

साउदी भ्रमणमा रहेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र साउदीका अध्यक्ष यास्सर अलमिसेहालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एन्फाका अनुसार फुटबलका कार्यक्रमहरू आदानप्रदान गर्न दुवै पक्ष सहमत भएका छन् ।

राष्ट्रिय टोलीबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू आयोजना गर्ने तथा उमेर समूह (यू–१७, यू–१९ र यू–२३) को टोलीबीच प्रशीक्षण शिविरहरू आयोजना गर्नेबारे पनि सम्झौता भएको छ । युथ फुटबल विकासमा विशेषज्ञ सेवा प्रदानका साथै दक्ष जनशक्ति उत्पादनका लागि कार्यशाला गोष्ठी, सेमिनार र

वार्ताहरू नियमित जारी राख्ने सहमति भएको एन्फाले जनाएको छ । रेफ्रीको क्षमता अभिवृद्धि, रेफ्री शिक्षा, भिडियो असिस्टेन्ट रेफ्री (भार) बारे चेतना तथा दुवै देशमा आयोजित प्रतियोगिताहरूमा रेफ्री आदानप्रदानमा पनि दुवै पक्ष सहमत भएका छन् ।

साउदी भ्रमणका क्रममा एन्फा अध्यक्ष शेर्पाले एएफसी महासचिव दातो विन्डसर जोन र उपमहासचिव वाहिद कर्दानीसँग पनि भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा एएफसीले एन्फालाई प्रदान गर्ने प्राविधिक सहायता कार्यक्रम पुनः सुरु गर्ने सहमति भएको थियो ।

२०७८ माघ ५, बुधबार ०५:३६ गते 0 Minutes 227 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।