२०७९ जेष्ठ १२ बिहीबार

२ दशकको सरकारी जागिरमा ८७ ठाउँमा जग्गा र २२ वटा घर किन्ने उपसचिव !

काठमाडौं : सरकारी सेवामा प्रवेश गरेको २ दशकमै २२ वटा घर र ८७ स्थानमा जग्गा किन्न सफल एक उपसचिवलाई अख्तियार दुरुप’योग अनुस’न्धान आयोगले अकुत सम्पत्तिमा मु’द्दा दायर गरेको छ ।

२०५५ साल वैशाख २७ गतेदेखि शाखा अधिकृतबाट सेवा प्रवेश गरेका दार्चुला शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर स्थायी घर भएका उपसचिव हेमराज विष्टले काठमाडौंमा मात्रै २२ वटा घर खरिद गरेका छन् ।

सुदुरपश्चिम प्रदेश वन निर्देशनालय धनगढीमा निमित्त
वन निर्देशक पदमा रहेका विष्टले सरकारी सेवा प्रवेश गरेको २२ वर्षमा गरेको आर्थिक प्रगतिबारे अध्ययन गर्न अ’ख्तियार दुरुपयोग अनुस’न्धान आयोगलाई २ वर्षभन्दा बढी लागेको थियो ।

उनले विभिन्न बैंकमा १९ वटा खाता खोलेर लेनदेन गरेको समेत पाइएको छ । अख्ति’यार दुरुपयोग अनु’सन्धान आयोगका अनुसार विष्टले काठ तथा वन्यजन्तु तस्क’रीमा जोडिएका मानिससँग सेटिङ मिलाउने र कमिशन लिने गतिविधि गर्दै आएका थिए ।

उपभोक्ता समितिका सदस्य तथा पदाधिकारीको फर्जी हस्ताक्षर गरेर रकम भुक्तानी लिने लगायत तस्करीमा समेत उनको समलग्नता रहेको थियो । गत पुस २१ गते सार्वजनिक विज्ञप्ति अनुसार अख्ति’यारले उनलाई ६ करोड ८७ लाख ५७

हजार विगो र स्रोत नखुलेको जग्गा जमिन राज्यको नाममा जफत गर्न भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्ति’यार स्रोतका अनुसार उनले जोडेको जग्गा जमिनको

अहिलेको बजार भाउमा एक अर्बभन्दा बढी जान्छ ।
ब्राम्हण परिवारमा जन्मिएका विष्टको बुवा दयानन्द विष्ट गाउँमै खेतिकिसानी र पुरोहितको काम गर्छन् । उनले अधिकांश सम्पत्ति आफ्नी श्रीमति रुबी जिसीको नाममा लुकाएको पाइएको छ ।

२०७८ माघ ७, शुक्रबार १०:४८ गते 1 Minute 474 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।