२०७९ जेष्ठ १२ बिहीबार

विदेशस्थित नेपाली दूतावासहरु बाट पनि विद्युतीय राहदानी, कति लाग्छ लागत ?

काठमाडौं : विदेशस्थित नेपाली दूतावासहरूले पनि विद्युतीय राहदानी (इ–पासपोर्ट) वितरण गर्ने भएका छन । राहदानी विभागले मंसिर १ गतदेखि विद्युतीय राहदानी वितरण
कार्यको शुरूवात गरेको थियो ।

नेपाली दूतावास मलेसियाले गरेको शुक्रबारको कार्यक्रममा श्रम सहचारी प्रकाश पन्थीले मेसिन रिडेबल पासपोर्ट नवीकरणको दवाव नदिन आग्रह गर्दै केही दिनभित्रै दूतावासबाट विद्युतीय राहदानी प्रदान गर्ने तयारी भइरहेको जानकारी दिए । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारसहित अन्य प्रयोजनका

लागि रहेका नेपालीहरूले आफ्नो राहदानीको वहाल अवधि १८ महिनाभन्दा कम भएमा नेपाली दूतावासहरूबाट राहदानी नवी’करण गराउन पाउने व्यवस्था छ । आवेदन गरेकोे कम्तीमा ४५ दिनभित्र नेपालीले नवीकरण भएको पासपोर्ट पाउने गरेका छन् ।

थप समाचार, कतार प्रहरीका लागि बहू चर्चित मागपत्र प्रमाणीकरण शुरुभएर पनि रद्द भैसकेको छ । तपाईको इच्छा कतार प्रहरीमा भर्ना हुने छ भने यो समाचार अवश्य हेर्नू होला ।

कतार प्रहरीको लागि नेपालबाट भर्नाको लागि श्रम मंत्री श्रेष्ठले प्रयास गर्ने बताए पनि त्यो कति सफल होला अहिले नै भन्न सकिने स्थिति छैन , तर स्रोतका अनुसार कतारमा रहेका नेपालीहरु कतार प्रहरीमा भर्ना हुन सहज रहेको बताईएको छ ।

कतारमै रहेका एजेन्सीहरु मार्फत कतार प्रहरीमा नेपाली जान सकिने बताइएको छ । जसको लागि कतार सरकार समेत इच्छुक रहेको छ । अब अहिले कतारमा रहेका धेरै नेपाली युवाहरुको जिज्ञासा भनेको कतारमा रहेका नेपालीले कतार प्रहरीमा भर्ना हुन पाउछ कि नाइँ भन्ने हो ।

कतारले नेपाल सरकार संग गरेको सम्झौतालाई आधार मन्नेहो भने कतार प्रहरीमा निजि मेनपावर कम्पनीले नै पठाउने छ । मेनपावर कम्पनीले मागपत्र प्रमाणीकरणको काम शुरु समेत गरेको छ ।

त्यस्तो अवस्थामा ती मागपत्र प्रमाणीकरण भएको मागमा नेपालबाट नै कतार प्रहरीमा भर्ना हुन सकिने जानकारहरु बताउदै आएका छन् ।

यश अर्थमा कतारमा रहेका नेपालीहरुले कतार प्रहरीमा जान नपाउने भने होईन , कतारमै रहेको एजेन्सी मार्फत सम्पर्कमा आएर कतार प्रहरीमा कतारमा रहेका नेपालीहरु जान सकिने जानकार बताउछन् तर कतारमा रहेका त्यस्ता एजेन्सीमा सबै नेपाली युवाहरुको पहुच नभएको समेत बताउछन् जानकार ।

२०७८ माघ ९, आईतवार १५:१४ गते 1 Minute 396 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।