२०७९ जेष्ठ १२ बिहीबार

स्वास्थ्य समस्याका कारण मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर अस्पताल भर्ना !

जनवरी २३, क्वालालम्पुर : मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदलाई अस्पताल भ’र्ना गरिएको उनको कार्यालयका प्रवक्ताले शनिबार बताएका छन ।

९६ वर्षीय मोहम्मदको राष्ट्रिय हृद’य संस्थाको का’र्डियाक केयर युनिटमा उपचार भइरहेको प्रवक्ताले संक्षिप्त विज्ञप्तिमा बताएका छन । यसअघि महाथिरलाई गत वर्ष डिसेम्बर १६–२३ मा पूर्ण स्वास्थ्य परीक्षण र अवलोकनका लागि राष्ट्रिय हृदय

संस्थामा भ’र्ना गरिएको थियो ।उनलाई गत ७ जनवरीमा सोही अस्पतालमा भर्ना गरिएको थियो र जनवरी १३ मा डिस्चार्ज गरिएको थियो महाथिरले दुई कार्यकालका लागि प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए । पहिलो सन् १९८१ देखि २००३ र दोस्रो सन् २०१८ देखि २०२० सम्म उनको कार्यकाल रहेको थियो ।

थप समाचार, तेल उत्पादनको हिसाबले मात्रै नभएर अरम राष्ट्रको हिसाबले समेत शक्ति’शाली रहेको साउदी अरबले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ ।

साउद अरबले सरकारी संस्थान तथा सरकारी कार्यालयमा वा कम्पनीमा मात्रै नभएर प्राइभेट सेक्टरको कम्पनीमा पनि लागु हुने गरि तलब मापन बृद्दी गरिने जनाएको छ अन्तर्राष्ट्रिय समाचार एजेन्सीको कुरालाई बिश्वास मान्ने हो भने साउदी अरबले छिट्टै नै अप्रावासी कामदारको तलबमा वृद्धि गर्ने छ ।

जसमा दक्ष ,अर्ध दक्ष र अदक्ष कामदार संगै घरेलु कामदार समेत पर्ने छन् । साउदी अरबले कति प्रतिशत सम्म तलब वृद्धि गर्छ भन्ने अनुमान लगाउदै अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार हाल खाई रहेको तलबमा १० प्रतिशत सम्म तलब वृ’द्धिको प्रस्ताव रहेको बताइएको छ ।

जुन वृद्धि तलब सरकारी तथा प्राइभेट सेक्टरमा काम गर्ने अप्रावासी कामदारहरु सबैमा लागू हुने बताइएको छ ।
प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्ने’बाहेक श्रमिकको न्यूनतम तलबमा हेरफेर गर्ने भएको बताइएको छ ।

यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ । तर साउदी अरबको सरकारले कहिले देखि र कति तलब वृद्धि गर्ने भन्ने कुरा अझै खुलाएको छैन ।

साउदी राजकुमार बिबिएसले अमेरिका संग सम्बन्ध सुधरको कामलाई अगाडी बढाउदै अन्तर्राष्ट्रिय नियम र कानुन बमोजिम साउदीलाई लागि रहेको अवस्थामा अप्रवासी कमदारको तलब वृद्धिको समाचार सत्य हुनेमा जानकार बताउछन् ।

२०७८ माघ ९, आईतवार २०:३४ गते 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।