२०७९ जेष्ठ १२ बिहीबार

कतार कोरोना अपडेट – को’भिड संक्र-मित बिरा’मीले ७ दिनमात्र बिदा पाउने !

जनवरी २४, दोहा : कतारमा को’भिड संक्र’मित बिरामीलाई आइशो’लेसनको समयअवधि घटाइएको छ। यहाँको स्वास्थ्य मन्त्रालयले संक्र’मितलाई अनिवार्य गरिएको आइसो’लेशन र

बिरामी बिदाको अवधि १० दिनबाट घटाएर ७ दिन कायम गरेको हो। यहाँको चिकित्सकिय सुविधामा गरिएको परी’क्षणमा को’भिडको ‘पोजेटिभ’ रिपोर्ट देखिएमा र ‘एहत्राज’ एप रातो रंगमा परिवर्तन भएका व्यक्तिहरूले स्वतः ७ दिनको बिरामी बिदा पाउनेछन्।

त्यस्ता व्यक्तिहरूले सातौं दिनमा मन्त्रालयले स्वीकृति दिएको चिकित्सकिय सुविधामा ‘रेपिड एन्टिजेन’ परी’क्षण गर्नुपर्नेछ। यदि सो परीक्षणको रिपोर्ट नेगे’टिभ आएमा त्यस्ता व्यक्तिको ‘एहत्राज’ एप हरियो रंगको हुनेछ । योसँगै तिनीहरू आठौं दिनमा आइसो’लेशन छोडेर आफ्नो काममा फर्कन सक्नेछन्।

यदि सातौं दिनको रेपिड एन्टिजेन परीक्षणमा पोजे’टिभ रिपोर्ट आएमा त्यस्ता व्यक्तिलाई थप ३ दिन आइ’सोलेशन बस्नको लागि ३ दिनको बिरा’मी बिदा दिइनेछ। ती व्यक्तिहरु थप परीक्षण बिना नै ११ औं दिनमा आइ’सोलेशन मुक्त हुनेछन्।

मन्त्रालयले पछिल्लो स्थानीय र अन्तर्राष्ट्रिय क्लिनिकल प्रमाणहरूको समीक्षापछि आइसो’लेशन अवधि घटाउने निर्णय गरिएको बताएको छ। जसअनुसार सातौं दिनमा धेरै व्यक्तिहरू नेगे’टिभ हुने र अरूलाई भाइ’रस सार्ने जो’खिम कम हुने बताइएको छ।

मन्त्रालयले सबैलाई आइ’सोलेसन अवधि समाप्त भएपछि नि’दृष्ट गरिएका साव’धानीका उपायहरू अवल’म्बन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। सरकारी नीतिअनुसार मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र हातको राम्रो सरसफाइ गर्न आग्रह गरिएको छ।

– यो समाचार प्रवास खबरमा छ ।

२०७८ माघ १०, सोमबार २२:४२ गते 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।