
नुवाकोट कि सुष्टि तामाङ ! बाँच्न को निम्ति आफ्नो नानि लाई बोकेर जिवन संघर्ष गर्दै रात को ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बस का यात्री हरु लाई चिया बिक्री गरि आय आर्जन गर्दै ।
ललितपुर को ग्वार्को चोकमा ! भेटिएकि ! ! सुष्टि को संघर्ष र मिहिनेत ! सुष्टि को संघर्ष र मिहिनेत लाई सलाम ! !
नुवाकोट घर भएकि सृष्टि काठमाडौ झरेको चार पाच बर्ष भयो, लकडाउनले श्रीमान काम पनि ठप्प भयो तेसपछि श्रीमान पनि आफू बाट टाढा भएपछि छोरी लाई पिठ्युँमा
बोकेर चिया बेच्दै जिवनयापन गरीरहेको सृष्टिले बताइन् । हसिलो मुहार भएकि सृष्टिको आफ्नै कथा र दुख: भएको सुनाइन् । एउटा महिलाले सानो बच्चालाई पिठ्युमा बोकेर सडकमा चिया बेच्दै गरेको फोटो सामाजिक सञ्जालमा भाईरल भएको छ । ती महिला हुन सृष्टि तामाङ, काठमाडौको ब्यास्त सडकमा केही महिना देखि चिया बेच्दै आईरहेकि सृष्टि
तामाङको उक्त फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्रसंशा गरेरहेकाछन् । लकडाउनले गर्दा आर्थिक चपेटामा परेको बताउदै २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी सडकमा चिया बेच्न थालेको उनी बताउछिन ।
कोठा तिर्न समेत धौधौ भएपछि आफू यो व्यावसाय तिर लागेको सुनाउदै उनी भन्छिन , पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।