२०७९ मंसिर १६ शुक्रबार

ब्रेकिङ : विदेशबाट आएकाले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने !

बेनी- अब विदेशबाट म्याग्दीमा आउने कामदार र घर फर्किएकाले अनिवार्य १० दिन क्वा’रेन्टाइनमा बस्नुपर्ने भएको छ । बुधबार जिल्ला प्रशासन कार्या’लयमा प्रमुख जिल्ला

अधिकारी गणेशबहादुर अधिकारी अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी राष्ट्र भारतबाट आएका म’जदुरमा को’रोना पु’ष्टी भएपछि विदेशबाट आउने म’जदुर र लामो समयका

लागि घर विदानमा आएकालाई १० दिन अनिवार्य क्वा’रेन्टाइनमा राखेर ल’क्षण नदेखिएपछि पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । बैठकले जनस्वास्थ्यको मापद’ण्डलाई पूर्णरुपमा कार्या’न्वयन गर्ने, मास्कको अनिवार्य प्रयोग, स्थानीय तहमा क्वा’रेन्टाइन,

आ’इसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने, पिसिआर परी’क्षणको दा’यरा फरा’किलो बनाउने, बेनी अस्पतालमा चे’कजाँचलाई ब्यवस्थित तथा भौतिक दुरी कायम गर्ने, हरेक निजी तथा सार्वजनिक संघसंस्था बाहिर अ’निवार्य साबुनपानीले

हात धुने ब्यवस्था मिलाउने लगायतका निर्णय भएको प्रमुख लम्सालले बताए । को’रोना संक्रम’मणको जो’खिममा प्रदेशभित्र म्याग्दी समेत परेपछि प्रदेश सरकारले समेत कडाई गर्न निर्देशन दिएको छ ।

हाल सिमा क्षेत्रमा समेत कुनै अवरोध नहुने तथा नियमित हुने गतिवि’धिलाई सञ्चालनमा रो’क नलगाउने भएपनि भि’डभाड हुने कार्यक्रमहरु भने क’डाई गरिएको छ ।नयाँ प्रकारको भाइ’रसको प्रको’प फै’लिइरहेका बेला भारतबाट आएका म’जदुरमा को’रोना पु’ष्टी भएपछि निर्माण सम्बन्धि

कम्पनीलाई समेत स’चेत बनाइएको छ । को’रोना परीक्षण तथा क्वा’रेन्टाइनमा नगरी काममा खटाइएको पाइएमा आवश्यक का’रवाही समेत गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पीसीआर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको छ ।

२०७७ चैत्र ११, बुधबार १९:५७ गते 1 Minute 1436 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।